arrow

एक नम्बर सहित सबै प्रदेशमा काँग्रेस एक नम्वरमा आउनेमा सिटौला विश्वस्त

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
Krishna-prasad-sitoula-sitaula.jpg.jpeg

झापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले एक नं. प्रदेशका चौधवटै जिल्लाका मतदाता नेपाली कांग्रेसलाई विजयी बनाउन लालायित रहेको बताएका छन् । 

शुक्रबार नेपाली काँग्रेस मिडिया सेन्टर विर्तामोडका प्रतिनिधिसँग कुरा गर्दै सिटौलाले भने, “प्रदेश नं १मा मात्र होइन कि दोस्रो चरणमा चुनाव हुन लागेका तीनवटै प्रदेशमा नेपाली कांग्रेस अग्रणी स्थानमा छ । जनता नेपाली काँग्रेसको नेतृत्वमा देशको विकास र आर्थिक समृद्धि हासिल भएको हेर्न आतुर छन् ।”

नेपाली काँग्रेसका सबै कार्यकर्ता एकजुट भएर आफ्ना उम्मेद्वारलाई जिताउन कटिबद्ध रहेका नेता सिटौलाले बताए । 

सिटौलाले थपे, ' नेपाली काँग्रेस एमालेले जस्तो झुटो कुरा बोल्दैन । नेपाली कांग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको र शान्ति तथा संविधान आएर राजनीतिक स्थायित्व कायम भएको जनताले झल्झली संझिरहेका छन् ।'

“नेपाली कांग्रेसले मात्र तराई, मधेश, पहाड, हिमाल जोडेर सबैलाइ एकताबद्ध गर्न सक्छ ” नेता सिटौलाले भने, “ नेपाली कांग्रेसको नीतिकै कारण दिगो शान्ति, सामाजिक सद्भाव र एकता कायम रहन सक्छ ।” 

सबै जाति, धर्म, संस्कृति, भेषभुषाका जनताको भावनालाई नेपाली कांग्रेसको नीतिले मात्र संबोधन गर्ने उल्लेख गर्दै देशको आर्थिक प्रगति र दिगो विकास नेपाली कांग्रेसको अगुवाइमा मात्र सम्भव रहेको सिटौलाले बताए।

सिटौलाले भने, ' राजनीतिक स्थिरता पनि नेपाली कांग्रेस नेतृत्वमा मात्र सम्भव छ । त्यसैले जनताले प्रदेश तहमा नेपाली कांग्रेस रोजेका छन् ।' 

नेपाली कांग्रेसले जित्दा शान्ति कायम भएको र संविधान आएको पनि स्मरण गराउँदै उनले आफ्नो गृह जिल्ला झापाका बहुमत स्थानमा काँग्रेसका उम्मेद्वार विजयी हुने दावी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ