arrow

बाजुराको गाउँगाउँबाट एउटै माग, काँग्रेस कार्यकर्ताको झुटा मुद्धा खारेज गर 

logo
देबेन्द्र नाथ।
प्रकाशित २०७४ असार १० शनिबार
bajura-congress-village.jpg

बाजुरा। नेपाली काँग्रेसका नेता एबं वुर्व सभासद देबराज जोशीले बाजुरा जिल्लाको छेडेदह गाउँपालिकामा मनोनयन दर्ता गर्ने क्रममा काँग्रेसका कार्यकर्तालाई बाटो अबरोध गरि ढुगां मुडा प्रहार एमालेका कार्यकर्ताले झुटो आरोपमा पक्राउ काँग्रेस कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन्।  

हृदयघातका कारण मृत्यु भएका हशं राउतलाई झडपमा मारेको भनि र्निदोष ब्यक्ति थुनामा नराखी छिटो रिहा गर्न उनले माग गरेका हुन्। प्रसासनले आफ्नो मागको सुनुवाई गरि रिहा नगरे नेपाली काँग्रेस प्रशासन घेराउ गरी आन्दोलनमा जाने उनले बताए। 

छेडेदह गाउँपलिका वडा न. ६ र७को चुनावी सभामा उनले सो माग गरेका हुन्। छेडेदह गाउँपालिका साविकको आटिचौर गाविसका नेपाली काग्रेसका उप सभापति हर्क बहादुर विष्ट को अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा जोशी लगायत स्थानिय काँग्रेस नेताहरु पदम शाही, चक्र शाह, नेपाली काँग्रेसका पुर्व पार्टी कोषाअध्यक्ष गोकुल शिह, छेडेदह गाउँपलिका मेयरका उमेद्धार नर बहादुर रावत, उपमेयर कुन्ता बुढा साउद, काग्रेसका नेता नर बहादुर शाही,बडा न. ६का वडा अध्यक्ष कुम्भ नाथ योगी वडा न.७ का वडा अध्यक्ष  धन बहादुर बुढा, लगाएत नेपाली काँग्रेसमा आस्थावान नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो। 

छेडेदह गाँउपालिका वडा न.७ को सुर्का बजारमा संञ्चालन भएको कार्यक्रममा सयौंको सहभागिता रहेको छेडेदह गाँउपालिका वडा न.७ का सदस्यका उमेद्धार धन बहादुर खड्काले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ