arrow

कांग्रेसले इनरुवा, रामधुनी र दुहवीलाई नमूना आर्थिक कारोबार स्थल बनाउने

logo
प्रकाशित २०७४ असार १० शनिबार
itahari_congress.jpg

सुनसरी ।  सुनसरीका नेपाली कांग्रेसका मेयरका उम्मेरद्वारहरुले इनरुवा, दुहबी र रामधुनी नगरपालीकालाइ नमूना आर्थिक कारोबार स्थल बनाउने प्रतिबद्दता जनाएका छन् । इटहरी मिडिया सेन्टरले शनिबार बिहान इटहरीमा गरेको कार्यक्रममा इनरुवा, दुहबी र रामधुनी नगरपालीका नेपाली कांग्रेसका मेयरका उम्मेरद्वारहरुले यस्तो प्रतिबद्दता जनाएका हुन् ।
 
इनरुवाका मेयरका उम्मेदार राजन मेहता, रामधुनीका जयप्रकाश चौधरी र दुहवीमा गौरीशंकर रौनियारले कृषि र उद्योगको विकास गरी नमूना नगरपालिका बनाउने प्रतिबद्दता गरेका हुन् ।


व्यवस्थापन विषयमा स्नातक ३८ वर्षीय राजन मेहताले कार्यक्रमको सुरुमै जनताको मौलिक अधिकारको प्रत्याभूति गराउदै इनरुवामा जवाफदेही नेतृत्व स्थापित गर्ने चुनाबी एजेन्डा सुनाए । मेहताले युवालाई काम, अग्रजलाई सम्मान र बालबालिकालाई माया दिने परम्परा संस्थागत गर्ने, कुनै पनि ढिलासुस्ती र लापरबाहीविरुद्ध खबरदारी गर्ने, भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताए ।

प्रत्येक वडामा नगर सूचना केन्द्र, जेष्ठ नागरिक भेटघाट केन्द्र, एटीएमसहितको र्बैङ्क, कम्तीमा १५ प्रहरीसहित वडा सुरक्षा कार्यालय, सुलभ आधुनिक सार्वजनिक शौचालय स्थापना गर्ने पनि चुनाबी एजेन्डा रहेको उनले सुनाए । मेहताले इनरुवालाइ कृषि केन्द्र बनाएर किसानलाइ ब्यबसायीक बनाउने, अस्पताल बनाएर इनरुवाबासीलाइ घर छेउमै सहज उपचार हुने ब्यबस्था मिलाउने, सामुदायीक बिद्यालयको स्तर उन्नती गरेर इनरुवामै गुणस्तरीय शिक्षा दिने ब्यबस्था गर्ने, हरेक घरमा फलफुलका बिरुवा रोप्न लगाएर शहरमा हरियाली पनि बढाउने नगरबासीले आफ्नै आँगनमा फलेको फल खान पाउने अबस्था सृजना गर्ने बताए । उनले इनरुवा तरकारी उत्पादनको केन्द्र भएकाले कृषि क्षेत्रको बिकास गरि नमुना आर्थीक कारोबार स्थल बनाउने प्रतिबद्दता जनाए ।

 

त्यस्तै  निष्ठावान राजनीतिज्ञको छवि बनाएका नेपाली कांग्रेस सुनसरीका पूराना नेता  जय प्रकाश चौधरीले पनि रामधुनिलाइ नमुना आर्थिक कारोबार स्थल बनाउने बताए । इनरुवाका मेयरका उम्मेरद्वार मेहताले कृर्षि क्षेत्रको बिकास गरेर नमुना आर्थीक कारोबार क्षेत्र बनाउछु भनीरहदा रामधुनीका चौधरीले धार्मीक पर्यटनको बिकास गरेर रामधुनीलाइ आर्थीक कारोबारको स्थल बनाउने बताए । चौधरीले रामधुनीलाई प्रदेश नं. कै धार्मिक क्षेत्र बनाउने योजना रहेको सुनाए । घनाजंगलको माझमा अवस्थित रामधुनी मन्दिर र  मन्दिर परिसरमा रहेका सहायक मन्दिर, कलसकुण्ड (पोखरी), धर्मशाला लगायतका भौतिक संरचनाहरुको मर्मत  तथा पुनःनिर्माण गरि रामधुनी क्षेत्रमा व्यवस्थित वनभोज स्थल पनि  निर्माण गरिने बताए ।

चैधरीले झुम्कालाई किसानले उत्पादन गरेको उत्पादित सामग्री विक्री केन्द्र बनाउने पनि बताए ।  एक हजार जना अटाउन सक्ने क्षमताको सिटी हल निर्माण, व्यवस्थित पुस्तकालय, रामधुनी क्षेत्रमा पर्ने वस्ती र वडालाई जोड्ने बृहत्तर रामधुनी चक्रपथ निर्माण गर्ने योजना रहेको मेयरका उम्मेदवार चौधरीले पत्रकार सम्मेलनमा सुनाए ।

उनका अनुसार, इलाका प्रहरी कार्यालयलाई नमूना प्रहरी कार्यालय बनाउने, हरियाली र सफा रामधुनी बनाउने पनि चुनाबी एजेन्डा रहेको छ। यस्तै, पानीटङ्की विस्तार, रामधुनी क्षेत्रमा ५० बेडको हस्पिटल निर्माण, महिला, जेष्ठ नागरिक र दलित समूदायको हितका निम्ति विशेष कार्यक्रम ल्याइने पनि चुनाबी एजेन्डा रहेको चौधरीले सुनाए ।  

अहिले शहरी क्षेत्रको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन रामधुनीमा पनि छ । यसलाई समाधान गर्ने, रामधुनी क्षेत्रको कृषि केन्द्रलाई कृषि कलेज बनाउने, भासी कलेजको स्तरोन्नति गर्ने र बक्लौरीमा व्यवस्थित कलेज निर्माण गर्ने एजेन्डा रहेको पत्रकार सम्मेलनमा प्रतिबद्ता जनाए । चौधरीले सम्पूर्ण जातजाति, वर्ग, क्षेत्रलाई संगठीत गरि साझा अभिभावक भएर काम गर्ने बताउँदै भने, ‘म वर्ग संघर्षको कुरा गर्दिन् । समानताको कुरामा जान्छौं ।’


 झट्ट हेर्दा सामान्य लाग्ने र चाहिदो कुरा बोल्ने सुनसरी दुहवी वडा नं. ५ का गौरीशंकर रौनियारको समाजमा पुर्‍याएको योगदान त प्रेरणदायी छ । उनी राजनीतिक रुपमा पनि उत्तिकै सक्रिय छन् । अचेल राजनीतिक रुपमा बहुबालीको हाबी भएको बेला उनलाई देख्ने, बुझने जो सुकैलाई पनि राजनीति गर्न उर्जा मिल्छ । स्नातक तह पुरा गरेका उनी स्कुल पढ्दादेखि नै राजनीतिकमा सक्रिय तिनै रौनियार असार १४ गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेस दुहवी नगरपालिकाको मेयरका उम्मेदवार छन् ।

पाँच दसकअघि बिराटनगरका व्यापारी दुहवी बजारमा आएर कृषि सामान खरीद  गर्थे । मोरङ्बाट दुहबी आउँन खोलामा त्यतिबेला पुल नहुदाँ व्यापारी हातीमा २५ पैसा तिरेर तर्थे । व्यापारीसँगै वारिपारि गर्ने सवैले २५ पैसा तिरेर हातीमार्फत खोला तर्थे । त्यतिबेला नाम चलेको दुहवी बजारलाई अहिले आएर साख धान्न गाह्रो परेको छ । दुहवी नगरपालिका क्षेत्र गाउँ नै गाउँले भरिएको  छ । त्यसैले गर्दा दुहवीलाई किसानले उत्पादन गरेको उत्पादित सामग्रीको कारोबार गर्ने स्थलको रुपमा विकास गर्ने मुख्य एजेन्डा रहेको मेयरका उम्मेदवार गौरीशंकर रौनियार बताउँछन् । अहिले दुहवी औद्योगिक करिडोर क्षेत्रको रुपमा चिनिएको छ । तर, जिल्लाका अन्य शहरको तुलनामा बिकासका आधारमा सुस्त छ ।

दुहवीमा जुट, सावुन, बिस्कुट, चामल, तेल, ध्यू, मासु लगायतका पाँच दर्जन बढी उद्योग छन् । अरु थप उद्योग खुल्ने क्रममा छन् । उद्योग प्रसस्त खुलेर आसपासका बासीन्दाले रोजगार भने पाएका छन् । जसले गर्दा पनि दुहवीलाई आर्थिक हिसाबमा आर्थिक कारोबार गर्ने स्थल बनाउन सकिने रौनियारको तर्क छ । उनका अनुसार, दुहवीलाई वाइफाई जोन, नगरपालिकाका कर्मचारीलाई प्रोत्साहन गदैं भएका कमी कमजोरी समाधान गर्ने, खेलकुद, गरीव तथा विपन्न परिवारका छोराछोरीलाई पठनपाठनका निम्ति मन्टेश्वरी शिक्षा प्रदान गर्ने एजेन्डा रहेको उनले सुनाए ।

दुहवीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युतको थप विका गर्ने एजेन्डा रहेको छ । स्वास्थ्यकै क्षेत्रमा गरीव तथा विपन्न परिवारलाई एम्बुलेन्स निःशुल्क उपलब्ध गराइने पनि एजेन्डा रहेको छ। शिक्षालाई सुधार गर्नका निम्ति सामुदायिक विद्यालयमा हप्तामा दुई दिन समय मिलाएर अनुगमन गरि त्यसमा छलफल गरि गुणस्तर बढाउन शिक्षक, विद्यार्थी र अभिभावकसँग छलफल गरिने बताए ।

दुहवीमा ढल–निकासको समस्या छ । यो समस्या समाधानका गर्ने पनि एजेन्डा रहेको छ। २०३० सालताका पूर्वमा सवैभन्दा बढी खेलकुद गतिविधी दुहवीमा हुने गथ्र्यो ।  भारतका ग्यान्टोक, कालिम्पोङ, दार्जेलिङ, कोलकता, थिम्पु, कटिहारका लगायतका खेलाडी प्रतिष्पर्धाका लागि सहभागी हुने गर्थे । तर, पछिल्लो समय दुहवीमा खेलकुदका गतिविधी बिरलैमात्रमा हुने गरेका छन् । कांग्रेसले प्रत्येक वडामा खेलकुदका गतिविधी गर्ने चुनाबी एजेन्डामै समेटेको छ ।

सुनसरीमा १२ वटा स्थानीय तह छन् । जसमा इटहरी र धरान दुईवटा उपमहानगरपालिका, चारवटा नगरपालिका र छवटा गाउँपालिका पर्दछन् । यीमध्ये जिल्लाको पूरानो र सदरमुकाम समेत रहेको नगरपालिका इनरुवा पर्छ । अरु तीनवटा नगरपालिका भर्खरै मात्र घोषित भएका हुन् । इनरुवा पुरानो नगरपालिका भएपनि विकासको हिसाबमा पिछडिएको र भर्खरै घोषित नगरपालिकासँग मिल्दोजुल्दो नै  छ । चारवटा नगरपालिकामध्ये इनरुवा, रामधुनी र दुहवीका नेपाली कांग्रेसका उम्मेदवारले आफनो क्षेत्रलाई कृषि, पर्यटन र उद्योगको विकास गरि नमूना आर्थिक कारोबार स्थल बनाउने सामूहिक प्रतिबद्दता व्यक्त गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ