arrow

फोरमका उपमहानगर उम्मेदवारमाथि आक्रमण, दंगा भड्काउने प्रयास

सीडीअाे भन्छन्-आक्रमण जसले गरेपनि अनुसन्धान भइरहेको छ, कारबाही हुन्छ

logo
प्रकाशित २०७४ असार १० शनिबार
foram_news.jpg

काठमाडौं । संघीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरका उम्मेदवारमाथि अज्ञात समूहले आक्रमण गरेको छ । नेपालगञ्ज उपमहानगरका फोरम उम्मेदवार कमरुद्दीन राईनमाथि शुक्रबार राति १० बजेतिर एमालेको पार्टी कार्यालय अगाडि आक्रमणको प्रयास भएको हो ।

मेयरका प्रत्यासी राई चढेको गाडीमा शुक्रबार राति नेकपा एमालेको पार्टी कार्यालय नजिकै आक्रमण भएको हो । मुखमा नकाप बाँधेर मोटरसाईकलमा आएको समूहले गाडीमा अन्धाधुन्ध ईट्टा प्रहार गरेको फोरम नेपाल बाँके जनाएको छ ।

ईटा प्रहारबाट बा.९च ६५२९ नम्बरको गाडीका सीसाहरु फुटेका छन् । उम्मेदबार राईनलाई भने कुनै चोटपटक लागेको छैन । फोरम नेपालले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
आक्रमण हुँदा राईन र उनका ड्राईभर गाडीमा थिए । उनीहरु चुनावी प्रचार–प्रसार सकेर जमुनाहास्थित घरतर्फ जाँदै गर्दा आक्रमण भएको हो । आक्रमण गर्नेहरु पक्राउ परेका छैनन् । आक्रमण र दुव्र्यबहारविरुद्ध संघीय समाजवादी फोरमका नेता–कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले शुक्रबारै राति नाराजुलुससहित त्रिभुवन चोकमा विरोध सभा आयोजना गर्दै दोषीलाई तत्काल कारवाही गर्न माग गरेका थिए ।

संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदबार राईनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले केन्द्रको सामूहिक योजनामा आफूमाथि आक्रमण भएको आरोप लगाएका छन् । उनले भने, –‘फोरमको चुनावी लोकप्रियताले उनीहरु आत्तिएका छन् । त्यसैले ममाथि आक्रमणको प्रयास गरेका हुन् ।’ धार्मिक र जातीय समिकरणले अति संवेदनशील मानिएको नेपालगञ्जमा विगतमा भएजस्तै साम्प्रदायिक दंगा भड्काउने प्रमुख तीन दलको योजना अनुसार घटना भएको राईनको जिकिर छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले घटनामा संलग्नको खोजी कार्य भइरहेको जनाइका छन् । प्रजिअ पन्थले भने, ‘अनुसन्धान गरी घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीलाई मैले निर्देशन दिइसकेको छु, जोकोही भए पनि कारबाही हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ