arrow

पहिरोमा परी चीनमा १४१ जना बेपत्ता

logo
प्रकाशित २०७४ असार १० शनिबार
indonesia-pahiro-new.jpeg

चेङडु  ।  चीनको दक्षिणपश्चिमी सिचुआन प्रदेशमा शनिबार विहान आएको बाढीपहिरोमा परी १४१ जना बेपत्ता भएका छन् । 

पहिरोले ४६ ओटा घरहरु पनि बगाएको प्रदेश सरकारका अधिकारीहरुले जानकारी दिएका छन् । उच्च हिमाल क्षेत्रबाट झरेको पहिरोले तिब्बतीयन र क्विङ स्वशासित क्षेत्र हुदै छिन्मो गाँउमा विहान ६ बजेतिर नदि अवरुद्ध भएको थियो । पहिरोले १६ सय मिटर सडक पनि बगाएको छ । 

प्रदेश सरकारले घटनास्थलमा उद्धार तथा राहतका लागि उच्चप्राथमिकताका साथ उद्धारकर्ताहरु परिचालन गरेको छ । घटनास्थलमा तीन सयभन्दा बढी एक्जाभेटर र उद्धारका विभिन्न साधनहरु पनि पठाइएको सिचुआन प्रदेश सरकारी प्रवक्ता टाङ लिमिनले जानकारी दिए ।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ