arrow

काँग्रेस अनेकतामा एकता खोजेर अघि बढ्ने पार्टी : गगन थापा

logo
प्रकाशित २०७४ असार १० शनिबार
thapa_at_baitadi.jpg

बैतडी । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले काँग्रेसको नेतृत्वमा संविधान बनेको र संविधानको कार्यान्वयन पनि उसकै नेतृत्वमा हुने बताएका छन् ।

शनिबार बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँमा काँग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता थापाले काँग्रेस देशमा शान्ति र स्थिरता कायम गर्ने पार्टी भएको बताए ।

देशका विभिन्न भाषाभाषी र जातजातिको अनेकताबीच एकता खोजेर अघि बढ्ने पार्टी काँग्रेस मात्रै भएको दाबी उनले गरे। उनले भने, “काँग्रेस कुनै क्षेत्र विशेषको विरोधी पार्टी होइन । यो समग्र नेपाललाई एकसूत्रमा बाँध्ने पार्टी हो ।”

काँग्रेसका शत्रु भनेको गरिबी र बेरोजगारी भएकाले यसको अन्त्यका लागि काँग्रेसको जीत आवश्यक रहेको थापाको धारणा थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ