arrow

'राष्ट्रिय स्वाधीनता जोगाउन सहमती आवश्यक'

logo
अमृत बास्तोला,
प्रकाशित २०७४ असार १० शनिबार
congress-terathum.jpg

तेह्रथुम । राष्ट्रियमा संकट पैदा भएकाले राष्ट्रिय स्वाधीनता जोगाउनका लागि दलहरु बीच सहमति र सहकार्य गर्न आवश्यक भएको नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य देव गुरुङले बताएका छन् ।  तेह्रथुमको आठराई गाउँपालिकामा नेपाली काँग्रेस, माओवादी गठबन्धनको सभालाई सम्बोधन गर्दै गुरुङले एमाले घटक दलका कारण राष्ट्रिय संकटमा पर्दै गएको उल्लेख गरे ।

एमालेले पहाडे अहङकारवादलाई चम्काएर देश टुक्रयाउन खोजेको गरुङको आरोप थियो । मुलुकमा राजतन्त्रको समाप्त भएपनि गणतन्त्र स्थापनाको प्रक्रियालाई संस्थागत गर्नका लागि प्राप्त संविधानलाई कार्यन्वयन र स्थानीय तहको निर्वाचन सफल बनाउनु पर्ने गुरुङको भनाई छ ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा सांसद सिता गुरुङले संघर्षबाट विकास सम्भव भएकाले यसलाई सार्थक निर्कषमा पुर्याउनका लागि काँग्रेसको नेतृत्व आवश्यक भएको बताएन्। उनले  देशमा गम्भिर अवस्था सृजना भएकाले राष्ट्रिय बचाउन, लोकतन्त्रको मुल्य र मान्यता जोगाउन राजनीति भन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकाता आवश्यक रहेको सुनाइन् ।  

त्यस्तै नेपाली काँग्रेसका केन्द्रिय प्रतिनिधि तथा सांसद जगदिस नरसिंह केशीले एमालेले मुलुकलाई विखण्डनतर्फ लैजाने राष्ट्रवाद नेपाली जनतालाई मान्य नुहने बताए ।

कार्यक्रमा सांभासद गणेश विमलीले एमाले भ्रमको खेती गरेर देशलाई प्रतिगमन तिर लगोकाले देशलाई अग्रगमनमा लैजनान काँग्रेस माओवादीको आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा पूर्व सांषद शुसिला कन्दङवा, नेपाली काँग्रेसका जिल्ला सभापति गोविन्द ढुङ्गाना केदार, नेकापा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दुर्गाप्रसाद चापागाई लागायतका नेताहरुले सम्बोधन गरेका थिए ।

आठराई गाउँपालिकाको अध्यक्षपदका उम्मेदवार नारायणकुमार ईङनाम र उपाध्यक्षका उम्मेदवार रमिला खनालले आठराई सम्बृधिकालागि प्रतिबद्धता व्याक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ