arrow

कमल थापाको प्रश्न - दुई दशकसम्म निर्वाचन हुन कसले दिएन ?

logo
प्रकाशित २०७४ असार १० शनिबार
kamal-thapa-1.jpg.jpeg

भीमदत्तनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई दशकसम्म स्थानीय तहको निर्वाचन हुन नदिने पक्षलाई बुझेर मतदान गर्न आग्रह गरेका छन् ।  

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २० वर्षसम्म स्थानीय तहको निर्वाचन हुन प्रमुख दलले रोकेको आरोपसमेत लगाए । “यति लामो समयसम्म चुनाव के राजाले रोकेको थियो र ?” उनले प्रश्न गर्दै भने – “तपाईंहरु यो प्रश्न गरेर मत प्रयोग गर्नुस् ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीले समृद्ध र विकसित मुलुक बनाउन चाहेको बताउँदै थापाले आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा फरक पहिचान रहेको दाबी गरे । “गाउँको विकासलाई पनि राप्रपाले उच्च प्राथमिकतामा राखेको छ ।” थापाले भने – “हाम्रो पार्टी नै अबको उपयुक्त विकल्प हो ।”

राप्रपाले निर्वाचन जितेको नगर तथा गाउँपालिकामा सबै धर्मप्रति समान व्यवहार गर्नुका साथै लोभलालचमा धर्म परिवर्तन गराउने कार्य निस्तेज पार्ने जानकारी दिए ।

राप्रपाले निर्वाचन जितेको नगर र गाउँपालिकाको विकासका लागि विभिन्न योजनासहित प्रतिबद्धतापत्रसमेत मतदातामा पुर्‍याएको उनको भनाइ थियो । “निर्वाचनमा हारजित दुवै हुन्छ ।” कार्यकर्तामाझ थापाले भने – “हारे पनि शिर निहुराउनुपर्ने अवस्था छैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ