arrow

महलमा सुत्ने पूर्व आइजीहरु जेलको भुर्इँमा, को को छन् ?  

logo
प्रकाशित २०७४ असार ११ आइतबार
jail.jpeg.jpeg

काठमाडौं । डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो ।


तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरुको सुत्ने कोठा बनेको छ ।

अदालतले भ्रष्टाचारी ठहर गरेपछि विहीबार आफैं उपस्थिति भइ उनीहरु जेल गएका हुन् । तर, डिल्लीबजार जेलमा सुत्ने पर्याप्त ठाउँ छैन ।

जसका कारण पूर्वआइजिपीहरु लाइब्रेरी कोठामा सुत्न बाध्य छन् । पढ्ने कोठा भएकाले त्यहाँ सुत्ने खाटसमेत छैन् । उनीहरु भूइँमै सुत्छन् ।

को–को छन् जेलमा ?

पूर्वआइजिपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वआइजी दीपकसिहं थाङदेन र पूर्वडिआइजी दीपक श्रेष्ठ सोही कोठामा बस्दै आएका छन् ।

जेलमा नयाँ आउने कैदी बन्दीले सुत्ने ठाउँ पाउँदैनन् । त्यसकारण उनीहरु लाइब्रेरीमै सुत्नुपर्छ । सुत्नका लागि उनीहरुले घरबाट खाट मगाएका छन् ।

‘तत्कालका लागि उहाँहरुलाई लाब्रेरीमा सुत्ने व्यवस्था मिलाएका छौं,’ डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले भने, ‘अन्य कोठा खाली भएपछि उहाँहरुलाई सार्छौं ।’
डिल्लीबजारस्थित कारागारको क्षमता दुई २० जनाको हो ।

तर, जेलमा पाँच सय ७० कैदी बन्दी छन् । जसकारण उनीहरुले सुत्ने ठाउँसमेत नपाएका हुन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ