arrow

कन्फेडेरशन कप फुटबलः पोर्चुगल र मेक्सिको सेमिफाइनलमा, रुस बाहिरियो

logo
प्रकाशित २०७४ असार ११ आइतबार
portugal-nz.jpg

रुस । रुसमा भइरहेको कन्फेडेरशन कप फुटबलमा पोर्चुगल र मेक्सिको सेमिफाइनलमा पुगेका छन् । 

समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्डलाई ४–० ले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा पुगेको हो । 

पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डो, बर्नान्डो सिल्भा, आन्द्रे सिल्भा र नानीले १–१ गोल गरे । 

त्यस्तै मेक्सिकोले आयोजक रुसलाई २–१ ले हरायो । मेक्सिकोलाई विजयी गराउन नेस्टर एराउजो र हिर्भिङ नोजानोले १–१ गोल गरे । 

रुसले खेलको २५ मिनेटमै एलेक्सान्दर सामेदोभको गोलबाट अग्रता लिए पनि जित हासिल गर्न सकेन । 

६८ औं मिनेटमा रुसका युरी जिर्कोभले दोहोरो पहेंलो कार्ड खाइ मैदानबाट बाहिरिएका थिए । 

समान ७–७ अंकका साथ पोर्चुगल समूह विजेता तथा मेक्सिको समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।  

Andre Silva celebrates after he smashed Portugal 3-0 in front against New Zealand

 

Nani toasts Portugal's fourth by kissing his shin pad after netting in added time on Saturday

Ronaldo is challenged by New Zealand's Michael Boxall during Saturday's clash

Ronaldo is congratulated by Nelson Semedo after netting his 75th international goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ