arrow

स्थानीय तहमा काँग्रेसले हारे लोकतन्त्र कमजोर हुन्छ: सुजाता कोइराला 

logo
प्रकाशित २०७४ असार ११ आइतबार
koirala-sujata.jpeg

विराटनगर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तहको निर्वाचनमा काँग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुने बताएकी छिन् ।  

विराटनगरस्थित आफ्नै निवासमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि काँग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताइन् । उनले भनिन्, “काँग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुन्छ, संविधान कार्यान्वयन हुन सक्दैन ।”

नेत्री कोइरालाले संविधानको कार्यान्वयन र लोकतन्त्रको सुढृढीकरणका लागि भएपनि काँग्रेस एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने बताइन् ।

उनले स्थानीय निकाय पाँच वर्षका लागि स्थायी रुपको सरकार भएकाले कसैले हल्लाउन नसक्ने भन्दै स्थानीय तहको विकासका लागि नेपाली काँग्रेसका प्रतिनिधीलाई जिताउन कार्यकर्तालाई निर्देशन दिइन् ।  

पूर्व उपप्रधानमन्त्री समेत रहेकी नेत्री कोइरालाले तीन तहकै निर्वाचन काँग्रेसको नेतृत्वमा हुने हुँदा अरु निर्वाचनलाई पनि स्थानीय तहको निर्वाचनले असर गर्ने भएकाले स्थानीय तहमा काँग्रेसलाई जिताउनुपर्ने बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ