arrow

भतेर चलाएका एमाले कार्यकर्ताले गरे स्थानीयमाथि खुकुरी प्रहार 

logo
प्रकाशित २०७४ असार ११ आइतबार
Palpa_District.png

रामपुर । पाल्पाको रामपुरमा मादक पदार्थसहितको भोजभतेर भईरहेका बेला अनुगमनका लागि गएका गाउँलेहरुलाई एमाले कार्यकर्ताहरुले खुकुरी प्रहारगरी घाइते बनाएका छन् ।
 
पाल्पाको रामपुर नगरपालिका वडा नं. १० मा पर्ने कुमाल गाँउमा मतदाताहरुलाई प्रभावित पार्नेगरी केहीदिनदेखि भईरहेको भोजभतेर बारे जानकारी लिन जाँदा एमाले कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका हुन् । 

शनिबार राती १० बजेतिर एमालेका स्थानीय कार्यकर्ताहरु गोविन्द श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, सोनबहादुर कुमाल लगायतका कार्यकर्ताहरुले स्थानीय श्रीकृष्ण भण्डारीलाई खुकुरी प्रहार गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

आक्रमण गर्नेवित्तिकै भण्डारीले खुकुरी खोसेपछि उनीहरु भागेको र अहिलेसम्म पनि सम्पर्कमा नरहेको स्थानीयले बताएका छन् ।

घाइते भण्डारीको शरीरमा सामान्य चोट लागेको छ । उनी अहिले उपचार र प्रहरीमा उजुरी दिन रामपुर बजार पुगेका छन् । 

केही बर्ष बैदेशिक रोजगारीमा गएर गाउँ फर्किएका भण्डारी अहिले गाउँमै विभिन्न व्यवसाय गर्दै आएका छन् ।

साविकको गेझा गाविस अहिलेको रामपुर नगरपालिका बडा नं. १० मा यसअघि एमालेले जितेको भए पनि गाउँको अवस्था जस्ताको तस्तै भएपछि अहिले पराजित हुने भएपछि एमाले आत्तिएको स्थानीयको ठहर छ । 

तदातालाई प्रभावित पार्न एमाले कार्यकर्ताहरुले अनेक लोभ देखाउने, भ्रममा पार्ने र धम्की दिने गरिरहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

लामो समयदेखि दलित र जनजातीहरुसँग नजिक रहेर सामाजिक सेवा गर्दै आउनु भएका काँग्रेसका वडा अध्यक्षका उम्मेदबार एकराज पाठक अन्य उम्मेदबारहरु भन्दा लोकप्रिय मानिन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ