arrow

जनताको अधिकार घरदैलोमा पुर्‍याउन एमाले वाधक –निधि

logo
प्रकाशित २०७४ असार ११ आइतबार
nidhi.jpg


मोरङ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनताको अधिकार घरदैलोमा पुर्‍याउन एमाले वाधक बनेको आरोप लगाएका छन् ।

मोरङको सुनदर हरइचा नगरपालिकामा नेपाली काँग्रेसको चुनावी आमसभालाई सम्वोधन गर्दै नेता निधिले मधेसी,थारू,जनजाति लगायतका असन्तुष्ट  पक्षका माग पूरा गर्न संविधान संशोधन आबश्यक भएको बताए । 

उनले एमाले पहाड र मधेसबीच झगडा निम्त्याउने पार्टी भएको आरोप लगाउँदै काँग्रेस मधेस र पहाड जोड्ने पार्टी भएको दाबीसमेत गरे । 

संविधान सशोधन भएर मधेश आन्दोलन टुंगिन्छ कि भनेर एमालेले हलो अड्काएको नेता निधिले आरोप लगाए । 

एमाले लोकतन्त्र, संघियता, गणतन्त्र , शान्ति र संबिधानको बाधक भएको भन्दै नेता निधिले एमालेले जहिले पनि अड्को थापेर समाधानमा तगारो बनेको बताए । निधिले प्रदेश नं १ मा काँग्रेस पहिलो पार्टी बन्ने दाबीसमेत गरे । 

विराटनगर बिपी र गिरिजाबाबुको जन्मभूमि हो भन्दै निधिले यहाँ काँगेसको विजय सुनिश्चित छ भने । पार्टीले चुनावी अभियानका लागि निधिलाई मोरङ खटाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ