arrow

हङकङको २० औँ वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने

logo
प्रकाशित २०७४ असार ११ आइतबार
sijing.jpg

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ यही जुन २९ देखि जुलाई १ तारिखसम्म हङ्कङमा रहने भएका छन् । उनले यसैहप्ता हङ्कङ भ्रमण गर्न लागेको चिनियाँ समाचारमाध्यमहरुले आइतबार जनाएका छन् । 

हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको वार्षिकोत्सवका अवसरमा उनी हङ्कङ जान लागेको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ । आगामी हप्ता सो हस्तान्तरणको २० बर्ष पुग्न लागेको छ । सोही अवसर पारेर हङकङमा आयोजना हुन लागेको समारोहमा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लागेको पुष्टि आइतबार भएको हो । 

उनले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने केही बताएका थिएनन् । तर उक्त समारोहमा राष्ट्रपति सि उपस्थित हुनसक्ने सम्भावनाको समाचार यसअघि नै आएको थियो । 

उनको सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङ्कङ भ्रमण हो । चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उनको हङ्कङ भ्रमण निश्चित भएको आइतबार जनाएको छ । 

हङ्कङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङ्कङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ । 

यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण नगर्न पनि सक्ने छन भन्ने अनुमान पनि गरिएको थियो । तर आज सिन्ह्वाले नै सो समाचार सार्वजनिक गरेको छ । हङ्कङ हस्तान्तरण गरिएको समयको अवसर पारेर ठूलो सङ्ख्याका नागरिकले प्रदर्शनको तयारी गरेका हङकङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

त्यसैले पनि उनको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषकहरु बताउँछन् । त्यसको तयारी भइरहेको हङ्कङबाट प्राप्त समाचारमा जनाइएको छ । हङकङको पाँचौ प्रशासकीय क्षेत्र उद्घाटनको विशेष अवसरमा पनि सि उपस्थित हुने चिनियाँ समााचार समितिले जानकारी दिएको छ । सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ