arrow

श्रीलङ्काली चिकित्सकको हडताल अन्त्य

logo
प्रकाशित २०७४ असार ११ आइतबार
helthpost.png

कोलम्बो  । श्रीलङ्कामा सरकारी अस्पतालमा कार्यरत चिकित्सवकद्वारा गरिएको तीनदिने हडतालको शनिबार अन्त्य भएको छ । 

चिकित्सकको छाता सङ्गठन ‘गमरन्मेन्ट मेडिकल अफिसर्स एसोसिएसन’ –जिएमओए) ले बिहीबारदेखि सन् २००८ मा स्थापना गरिएका निजी मेडिकल कलेज मापदण्ड विपरीत स्थापना भएको भन्दै तिनीहरुको खारेजीको मागसहित आन्दोलनको घोषणा गरेको थियो । 

आन्दोलनका कारण प्रायः निम्न आम्दानी भएका र स्वास्थ्य सेवाका लागि सरकारी अस्पताल पुग्नुपर्ने बाध्यता भएका लाखौँ सेवाग्राही प्रभावित भएका बताइएको छ । शनिबार राष्ट्रपति मैत्रिपाला सिरिसेनासँग चिकित्सकले गरेको सम्झौतापछि सेवा सञ्चालनमा आएको हो । 

राष्ट्रपति सिरिसेनाले स्वास्थ्य शिक्षामा देखिएका समस्या सधारका लागि आफूले पहल गर्न सहमत भएपछि आन्दोलन स्थगित भएको जिएमओएका प्रवक्ता समान्थ आनन्दले बताए । आन्दोलनका समय निजी अस्पतालले भने सेवाप्रवाह गरिरहेका थिए ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ