arrow

राप्रपाका नेताले काँग्रेसका नेतालार्इ कुटे

राप्रपाका नेताले माफीमागेपछि कुरा मिल्यो

logo
केशव सावद,
प्रकाशित २०७४ असार ११ आइतबार
Kanchanpur_District.png

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरुले कञ्चनपुरमा नेपाली काँग्रेसका नेतालाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । महाकाली नगरपालिका वडा नम्बर १ बाट उम्मेदवार रहेका राप्रपा नेता बिक्रम चन्द नेतृत्वको समुहले गएराति काँग्रेसका क्षेत्रीय सभापति गोपालदत्त भट्टलाई नियन्त्रणमा लिएर कुटपिट गरेको हो । 

उक्त समुहले सभापति भट्टसँगै उनका भतिजा अम्बादत्त भट्ट,धर्मानन्द भट्ट र देवदत्त भट्टलाई शनिबार राति १० वजे वडा नम्बर १ को मलिन चोक नजिकै महाकाली बाँधबाट घर गइरहेका बेला नियन्त्रणमा लिएर कुटपिट गरी बिहान ३ वजे नियन्त्रणमुक्त गरेको काँग्रेसले जनाएको छ । 

काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेय र क्षेत्रीय सचिव प्रकाशदत्त जोशीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर घट्नाको भत्र्सना गरेका छन् । यसैबीच क्षेत्रीय सभापति भट्टमाथि कुटपिट गर्ने राप्रपाका उम्मेदवार चन्दले लिखित रुपमा माफी मागेपछि कानुनी कारवाही अघि नबढाइएको काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिएका छन्। ईलाका प्रहरी कार्यालयमा राप्रपाका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्द लगायतका नेताहरुको रोहवरमा उम्मेदवार चन्दले लिखित रुपमा माफी मागेपछि कानुनी कारवाही अघि नबढाएको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ