arrow

कैलालीको गौरीगंगामा कसका लागि मत माग्न पुगे गगन थापा ?

logo
प्रकाशित २०७४ असार ११ आइतबार
gagan_thapa_2-11.jpg

कैलाली । मतदानको मिति नजिकिँदै जाँदा कैलालीको गौरीगंगामा चुनावी माहोल तातेको छ। मध्य असारमा खेती लगाउनु पर्ने बेलामा पनि गौंरीगंगा नगरपालिकाका स्थानीयबासीहरु राजनीतिक दलको झण्डा बोकेर भोट माग्न हिँडिरहेका छन् । 

प्रदेश नं ७ को दार्चूला, बैतडी र डडेल्धुराको चुनावी प्रचारमा गएका काँग्रेस नेता गगन थापा पनि चुनाव प्रचारप्रसारको अन्तिम दिन कैलालीको गौरीगंगा पुगे । त्यहाँ उनले काँग्रेसबाट मेयर, उपमेयर तथा काँग्रेसका अन्य उम्मेदवारको पक्षमा मतदातासँग मत मागे । बैतडीबाट कार्यक्रम सकाएर डडेल्धुराका कार्यकर्ता भेटघाटपछि थापा सोझै गौरीग‌ंगाको चुनावी सभामा पुगेका थिए । 

झण्डै २० वर्ष पछि हुन लागेको स्थानीय तहको चुनावले जनतामा हर्सोल्लास थपिदिएको छ  साथमा उत्साह पनि । यही उत्साहका कारण अहिले गौरीगंगाको चुनावी सरगर्मी चुलिएको छ। गौरीगंगा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नगरपालिकाको मेयरमा दिनेशराज जोशीले उम्मेदवारी दिएका छन् भने उपमेयरमा मेनका न्यौपाने जाेशीले उम्मेदवारी दिएकी छिन् । उनीहरु नेपाली काँग्रेसको घोषणापत्रमा उल्लेख गरिए बमाेजिम नगरपालिकाको सर्वाङ्गीण विकासमा आफ्नो शक्ति खर्च गर्ने योजनामा रहेको बताउँछन् । 

नेपाली काँग्रेसको स्थानीय सरकार आएमा काँग्रेसले हातहातमा स्मार्टफोन, वाईफाई इन्टरनेट र पुस्तकालय सहितको सामुदायिक स्रोत केन्द्रदेखि सबै वडा र टोल जोड्नेपक्की सडकसम्मका एजेण्डाहरु अगाडि सारेको छ । काँग्रेसको यो परिकल्पना पूरा गर्नका लागि लामो समयदेखि राजनीतिमा सक्रिय भएर जनताको हितमा काम गर्दै आएका जोशी काँग्रेसमा क्रियाशील भएर लागिपरेका छन् । उक्त गाउँपालिकाको ११ वटा वडामा नै कांग्रेस बलियो देखिएको छ ।

विगतमा जोशीले गरेको सामाजिक तथा नगर विकास कार्यमा लिएको नेतृत्वप्रतिको विश्वास यतिबेला जनताले बुझेको देख्न सकिन्छ । अनवरत रुपमा घरदैलो कार्यक्रममा व्यस्त जोशी अन्य पार्टीका उम्मेदवार भन्दा मिजासिला, सहृदयी, योग्य, विकासप्रेमी तथा शिक्षित उम्मेदवार भएको नगरबासीहरु बताउँछन् । 

गौरीगंगाको ७ नम्बर वडामा पनि काँग्रेसले ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । जसमा बढैपुरदेखि लिक्मा–मट्कौना–कैलाशपुर–इन्द्रपुर–मनकापुर–महादेवा हुँदै मसुरिया निस्कने रिङ रोड निर्माण गर्ने देखि लिक्मामा पक्की पुल निर्माण गर्ने, मट्कौनामा रहेको आर्यघाटलाई व्यवस्थित बनाई आधुनिक शवदाह गर्ने स्थल बनाइने र प्रत्येक गाउँमा थारुहरुका लागि अलग्गै नश्चित शव विसर्जन स्थल बनाइनेसम्म रहेको छ । 

त्यसैगरी विद्यालयलाई स्तारोउन्नति गरिने, तालबन्दस्थित माओवादीको तत्कालीन सातौ डिभिजन मुख्य कार्यालयलाई द्वन्द्व सङ्ग्रहालय बनाइने, प्रत्येक गाउँमा मन्दिर, देवालयहरु निर्माण गरिनेलगायतका छन् । यसअघि नेपाली कांग्रेसले आफ्नै परिकल्पनाको स्थानीय सरकार गठन गर्न पाएको खण्डमा स्तरीय निःशुल्क माध्यमिक विद्यालय, कम्तिमा १५ शैयाको अस्पताल निर्माण गर्ने जनाएको थियो । काँग्रेसको परिकल्पनाको सरकार बनेमा कृषि, पशु सेवा, खानेपानी, सिंचाइ, पर्यटन, उद्योग व्यापारका लागि एकद्वार एकीकृत सेवा केन्द्र स्थापना, निजी क्षेत्रका उद्यमीहरुको उन्नति र सामुदायिक उत्तरदायित्वको आकारमा विस्तार तथा हातहातमा स्मार्ट फोन, वाईफाई इन्टरनेट र पुस्तकालय सहितको सामुदायिक स्रोत केन्द्रलगायत १४ बुँदे एजेण्डा सार्वजनिक गरेको थियो ।

यता, माओवादी केन्द्रबाट उम्मेदवार बनेका देविप्रसाद कँडेल विगतमा लामो समय राप्रपामा रही माओवादीमा प्रवेश गरेका हुन भने नेकपा एमालेका उम्मेदवार भिम देउवा विगतमा नेपाली कांग्रेसबाट माओवादी र माओवादी हुँदै एमालेमा प्रवेश गरेका हुन् । त्यसैले पनि यि उम्मेदवारहरुप्रति जनताको खासै चासो छैन । 

गौरीगंगामा एमामोवादीका उम्मेदवार कंडेल र एमालेका उम्मेदवार देउवा दुवै ठेकापट्टा गर्ने व्यापारी पनि भएको र निजहरुले करोडौं खर्च गरी रहेको आमजनताको गुनासो छ । तथापी जनताले पनि बुझिसकेका छन् कि अव मतलाई पैंसावाट खरीद गर्न सकित्र भनेर । केन्द्रबाट विनियोजित बजेटलाई कार्यान्वयन गर्न एउटा सक्षम र शिक्षित नेतृत्वको आवश्यकता पर्ने भएको हुँदा त्यसको निर्विकल्प उम्मेदवारको रुपमा जोशीलाई लिने गरिएको छ । 

को हुन् जोशी
२०४६ सालदेखि कैलाली बहुमुख क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीति शुरु गरेका जोशीको जन्म २०२६ सालमाघ १ गते माघे संक्रान्तिको दिनभएको हो । २०४९ सालमा महिन्द्र बहुमुखी क्याम्पस स्ववियु सदस्य, नेपाल तरुणदल कैलाली जिल्ला सदस्य, नेपाली कांग्रेस जिल्ला सदस्य रहेका जोशी हाल नेपाली कैलाली क्षेत्र नं.५ को क्षेत्रिय सभापति छन् । गौरीगंगा नगरपालिका अन्र्तगत स्थापना भएको चौमाला बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष्य जोशी कै पहलमा सो क्याम्पस स्थापना भएको हो । 

अविछित्र रुपमा निरन्तर विकास कार्यमा तल्लीन जोशीले नेपाल कमर्स क्याम्पस काठमाडौंबाट स्नातक तह उत्तीर्ण गरेका छन् । मेयर पदका उम्मेदवार जोशी अन्य पार्टीको उम्मेदवार भन्दा जुझारु, कर्मशील, विकासप्रेमी, शिक्षित र योग्य मानिन्छन् । अन्य पार्टीका उम्मेदवार दलवल गरी निहीत स्वार्थमा लागिरहेको हालको सन्दर्भमा जोशी निरन्तर आफ्नो पार्टीमा प्रतिबद्ध रहि सबैको साझा उम्मेदवारको रुपमा गौरीगंगामा अगाडि बढिरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ