arrow

थपियो क्रेजी सेल मेलाको अवधि, असार १७ सम्म चल्ने

logo
प्रकाशित २०७४ असार ११ आइतबार
sikhar_shose.jpg

काठमाडौं । शिखर सुजको आयोजनामा भृकुटीमण्डपको प्रदर्शनी स्थलमा भईरहेको क्रेजी सेल मेला यहि असार १७ गतेसम्म चल्ने भएको छ । यस मेलामा उपभोक्ताले सस्तो मुल्यमा आर्कषक जुत्ता चप्पल पाउने हुँदा ग्राहकको मागलाई ध्यानमा मेलाको समयावधि ६ दिन थप गरिएको आयोजकले जनाएको छ । 

क्रेजी सेल मेलामा गर्मीयाम लक्षित गरी नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्री वितरण भईरहेको छ । नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु भृकुटीमण्डपको क्रेजी सेल मेलामा तथा शिखर सुजका शो रुमहरुमा मात्र उपलब्ध गराइएको आयोजकले जनाएको छ । 

यी जुत्ताहरुमा खुद्रा बिक्री मुल्यमा ८५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ भने मेलामा ३८, ३९ र ४० नम्बरका जुत्ता चप्पलमा छुट पछि पनि छुटको व्यवस्था गरिएको छ । मेलामा रु. १०० देखि रु. ५ हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागि एक अनुपम थलो हुने विश्वास आयोजकको छ । 

शिखर सुजद्वारा उत्पादित गुणस्तरीय जुत्ता चप्पलहरु वार्षिक रुपमा निश्चित समयको लागि विशेष छुट र सहुलियत सहित आश्चर्यजनक मुल्यमा बिक्री वितरण गरी नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाई भनाई छ ।

शिखर सुज ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु क्रेजी सेल मेलामा उपलब्ध छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ