arrow

कञ्चनपुर १ सय ३२ मतदान स्थलमा साढे १७ सय कर्मचारी

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ असार ११ आइतबार
kanchanpur.jpg

कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहको निर्वाचनका लागि सबै मतदान स्थलमा निर्वाचनका लागि आवश्यक पर्ने सामग्री र कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेको जनाएको छ ।

आईतबार सम्पूर्ण मतदान स्थलमा मतपेटिका, मतपत्र लगायतका सामग्रीहरु सम्बन्धित निर्वाचन अधिकृतको जिम्मा लगाइसकेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशव सिह भण्डारीले बताए ।

यसैगरी निर्वाचनका लागि कञ्चनपुरमा १ हजार ७ सय ५० निजामती कर्मचारी र  तीन हजार सुरक्षाकर्मी खटिएको भण्डारीले जानकारी दिए ।  ‘सबै मतदान स्थलमा कर्मचारी र निर्वाचन समाग्री पुगिसकेका छन्’, उनले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको छ, निर्धक्क भएर भोट हाल्न मतदातालाई आग्रह गर्दछु ।’

कञ्चनपुरका सबै मतदान स्थलबाट परिचय पत्र वितरण सुरु गरिएको समेत भण्डारीले बताए  । उनका अनुसार आइतबार जिल्लाका सबै मतदान केन्द्रबाट फोटो सहितको मतदाता परिचय पत्र वितरण गरेको छ । दुई गाउँपालिका सहित ७ नगरपालिका गरी जम्मा ९ वटै स्थानीय तहका १ सय ३२ मतदान स्थलबाटै परिचय पत्र वितरण गरेको जनाएको छ ।

आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म परिचय पत्र वितरण गरेको उनले बताए । असार ११ गतेदेखि १३ गते सम्म फोटो सहितको मतदाता परिचय पत्र वितरण गरिने भण्डारीले बताए ।  मतदाता परिचय पत्र  लिनका लागि परिचय खुल्ने कागजपत्र लिएर स्वयं नै उपस्थित हुनुपर्ने भएकाले परिचय पत्र लिनेको संख्या भने न्यून रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रोपाइको चटारो परेकाले किसानहरु रोपाइमा व्यस्त रहेका तथा पहिलो दिन सबै मतदाता सम्म सूचना नपुगेकाले उल्लेख्य मात्रामा उपस्थिति नरहेको हुनसक्ने भण्डारीले जानकारी दिए । कार्यालय प्रमुख भण्डारीले सबै मतदान स्थलबाट मतदता शिक्षा समेत दिइने बताए ।

कञ्चनपुरमा दुई लाख ३५ हजार, ७ सय ३५ कुल मतदाता मध्ये एक लाख १५ हजार, ४ सय २२ पुरुष, एक लाख २० हजार  ३ सय १२ महिला र एक तेस्रो लिङ्ग मतदाता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ