arrow

निगमका पाइलट बचाउन पैसाको अफर, तलबभत्ता तीन सय प्रतिशत बृद्धि

logo
प्रकाशित २०७४ असार १२ सोमबार

काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता तीन सय प्रतिशतसम्म बृद्धि हुने भएको छ । निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलबभत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो ।

निगमले लामो समयदेखि पाइलटको तलब बढाए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिँदा कार्यान्वयनमा आउन सकेको थिएन ।

अर्थ मन्त्रालयले गत बिहीबार पाइलटको तलबभत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्याप्टेनहरुको तलब मासिक ६ लाख ८ हजार रुपैयाँ पुग्नेछ । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ