arrow

कन्फेडेरेशन कप फुटबलः जर्मनी र चिली सेमिफाइनलमा

अबको भिडन्त जर्मनी–मेक्सिको, पोर्चुगल–चिली

logo
प्रकाशित २०७४ असार १२ सोमबार
germany.jpg

रुस । जर्मनी र चिली रुसमा भइरहेको कन्फेडेरेशन कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । समूहको अन्तिम खेलमा जर्मनीले क्यामरुनलाई ३–१ ले हरायो ।

जर्मनको जितमा टिमो वेर्नरको दुई तथा केरेम डिमिर्बेको एक गोल सामेल थियो । क्यामरुनका यर्नेष्ट माबुकाले ६४ औं मिनेटमा रातो कार्ड खाइ मैदान छाड्नु परेपछि दबाबमा रहेको क्यामरुनले त्यसपछि दुई गोल खाए पनि भिन्सेन्ट अबुकरले सान्त्वना गोल गरेका थिए । 

त्यस्तै चिलीले अष्ट्रेलियासंग १–१ को बराबरी खेल्यो । ४२ औं मिनेटमा अष्ट्रेलियाका जेम्स ट्रोइसीले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाए पनि ६८ औं मिनेटमा चिलीका मार्टिन रोड्रिग्वेजले बराबरी गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याए  । 
जर्मनी ७ अंकसहित समूह विजेता बन्दै तथा चिली ५ अंकसहित समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 
सेमिफाइनलमा जर्मनीको भेट मेक्सिकोसंग तथा चिलीको भेट पोर्चुगलसंग हुनेछ । चिली र पोर्चुगलको खेल बुधबार तथा जर्मनी र मेक्सिकोको खेल बिहीबार राति ११ः४५ बजे हुनेछ । 

Timo Werner is congratulated by his Germany team-mates after scoring Germany's third goal

Kerem Demirbay celebrates after firing Germany ahead in the 48th minute against Cameroon

Ernest Mabouka is shown a red card by Wilmar Roldan after a period of confusion in Sochi

Timo Werner controls the ball as Cameroon centre back Adolphe Teikeu looks on

Low enjoyed his 150th game in charge of the German national team on Sunday

Sebastien Siani protects the ball in front of Emre Can as Cameroon start on the front foot

Michael Ngadeu-Ngadui challenges Germany captain Julian Draxler during the first half



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ