arrow

ईदको दिन समेत मुस्लिमप्रति उदार बन्न सकेनन् ट्रम्प, तोडे क्लिन्टनदेखिको परम्परा 

logo
प्रकाशित २०७४ असार १२ सोमबार
dronaldtrumps.jpeg

काठमाडौं । विश्वभरी नै मुस्लिम धर्मालम्बीहरुले भब्यताका साथ ईद मनाईरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इदमा परम्परादेखि चल्दै आएको संस्कारलाई समेत लत्याएर आफू मुस्लिम विरोधी रहेको देखाएका छन् । 

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईटहाउसमा रमदानको दिन दिईँदै आएको डिनर परम्परालाई ट्रम्पले अन्त्य गरेका हुन् । २० वर्ष अघि राष्ट्रपति क्लिन्टनले सुरुवात गरेको यो परम्परालाई दुई दशकपछि ट्रम्पले अन्त गरेका हुन् । ट्रम्पले आफू राष्ट्रपति बनेर आएदेखि नै मुस्लिमको विरोधहुने गरी विभिन्न किसिमका अभिव्यक्तिहरु दिँदै आएका थिए । उनले अहिले व्यवहारमा नै मुस्लिम समुदायलाई खल्लो लाग्ने काम गरिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 उता, भारतमा कट्टर हिन्दूवादी नेता योगी आदित्यनाथले पनि परम्परादेखिको संस्कारलाई तोड्दै इदगारमा गएर शुभकामना दिएका थिएनन् भने उनले पनि डिनर परम्परालाई तोडेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ