arrow

संस्थापक नेता जोशीको स्वास्थ्य अवस्था बुझ्न मन्त्री श्रेष्ठ पुगे अस्पताल

२०४८ का शिक्षामन्त्री र अहिलेका शिक्षामन्त्रीको अस्पताल भेट

logo
प्रकाशित २०७४ असार १२ सोमबार
gopalman.jpg

काठमाडौं । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले काँग्रेसका सस्थापक नेता पूर्व मन्त्री रामहरि जोशीको स्वास्थ्य अवस्थाबार जानकारी लिएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले जोशीले उपचार गराइरहेको ललितपुरको अल्का हस्पिटल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । जोशीलाई भेटेपछि उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘उहाँको अवस्था ठिक छ । स्मरणशक्ति राम्रो छ । स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ ।’ २००७ सालको परिवर्तनका लागि लडेका स्वतन्त्र सेनानी जोशीले उपचारका लागि बाहिर नजाने भनेको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।

उहाँ अग्रज हो, विरामी हुनुहुन्छ भन्ने थाहा पाएपछि भेट्न जार्नै पर्छ भनेर अाएकाे, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘उहाँको छोराले पनि तत्काललाई बाहिर नलाने भन्नु भो । मैले बाहिर लाने भए प्रधानमन्त्रीसँग कुरा गर्छु समेत भने । अहिले पर्दैन भन्नु भयो ।’

जोशी २०४८ सालको पहिलो क्याविनेटको मन्त्री समेत हुन् । उनी २०४८ सालमा शिक्षा तथा संस्कृति र पर्यटन मन्त्री हुँदा गोपालमान वाणिज्य मन्त्री थिए । तत्कालीन समयमा एउटै क्याविनेटको मन्त्री भएका नाताले पनि मैले भेट्नै पर्ने थियो, उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले भने ।

९३ वर्षीय जोशी मृगौलामा समस्या देखिएपछि ५–६ दिन देखि अल्का हस्पिटलमा उपचार गराइरहेका छन् । उनलाई ज्यूँदा शहीद भनेर समेत चिन्ने गरिन्छ । २०५७ मा पोखरामा भएको १०औँ काँग्रेस महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी सभापतिका उम्मेदवार थिए । जसमा कोइराला ठूलो मतअन्तरले सभापति निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ