arrow

रमजान बनाम वेद

logo
चन्द्रकान्त पौडेल,
प्रकाशित २०७४ असार १३ मंगलबार
chandrakanta-poudel.jpg

 काठमाडौं । संस्कृतं संस्कृतेर्मूलम् । संस्कृत सबै संस्कृतिको उद्गमस्थल हो वेदोखिलो धर्ममूलम् । वेद नै सबै धर्मको उद्गमस्थल हो। यस अर्थमा सबै धर्म वेदबाट नै निस्केका हुन्। मेरो यस्तै बुझाई छ।

हिन्दु धर्म मात्र नभएर यौटा सभ्यता हो र त्यस सभ्यताका अनेक अंगहरु नै हुन इसाई सिख इस्लामिक बौद्ध आदि । 
‘जात न पूछो साधुकी पूछो उसका ज्ञान।
मोल करो तलवारकी पडे रहन दो म्यान।।’

मान्छेलाई तिम्रो जात के हो ? भनेर सोध्ने होइन उसको विशेष गुण के हो ? त्यो सोध्नुपर्छ। मूल्य तरवारको गरिन्छ न कि धाप को । म्यान त खोस्टो हो। कोई पराया छैनन् सबैको आश्रयस्थल अन्ततोगत्वा वेद नै हो। इस्लामिकले निराकार ब्रह्मको पूजा गर्छन् ।

निराकारमोंकारमूलं तुरीयं हिन्दु धर्ममा निराकार ब्रह्मको पनि  उपासना गरिन्छ भने त्यसको प्रभाव कुरानमा देखिन्छ । कुरान अनुसार मूर्तिपूजन गर्दैनन् इस्लाम धर्मावलम्बीहरु। चन्द्रमाको उदयास्तले उसको गते हुन्छ थोरै मा २९ धेरैमा ३० दिनको हुन्छ महिना अर्थात औंशी र पूर्णिमाका आधारमा महिना निर्धारण हुन्छ। चन्द्रमा नवग्रह मध्ये एक हुन्। पूर्णिमाव्रत को अनुसरण त हो नि इस्लाममा । 

‘अयं निजः परो वेति गणना लघुचेतसाम्।
उदारचरितानां तु वसुधैव कुटुम्बकम्।।’

यो धर्म मेरो हो त्यो धर्म तेरो हो भन्नू संकीर्णताको पराकाष्ठा हो । उदार स्वभाव भएकाहरुलाई यो समग्र ब्रह्माण्ड नै परिवार हो। दिनभरि कर्मकाण्ड गरेर कमाएको पैसाले मन्टेश्वरिमा पछि बोर्डिङ्गमा आफ्ना सन्ततिहरुलाई पढाउने संस्कृत पढेर पनि आँफुलाई कमजोर ठान्ने संस्कृत पढेर पुजारी भन्दामाथी उठ्न नसकेका  संस्कृतका विश्वस्त प्राज्ञहरुको कमि छैन। 

संस्कृतले जोड्छ तोड्दैन केही समयमा वेदाचार्य अब्राहम दर्शनाचार्य फिलिप नाम गरेकाहरुले हाम्रा पुरेतहरुलाई पढाउनेछन् विदेशमा पढाइ रहेका नै छन् । न त हिन्दु धर्म नै मासिएको छ यो त सर्वत्र व्याप्त छ खोज्न सकेमा । 

हिन्दु धर्म श्रेष्ठ धर्म मात्र नभएर मानव सभ्यता को विकास क्रमको सर्वोत्कृष्ट दस्तावेज पनि हो । यो त वर्धतामभिवर्धताम्  अर्थात् बढ्ने नारासहित आएको हो। 
‘न मां कर्माणी लिम्पन्ती न मे कर्मफले स्पृहा ।
इति मां योभिजानाती कर्मभिस् न स बध्यते।।’

श्रेष्ठ पुरुषलाई न त कुनै कर्मले बाँध्छ्न् न त उनिहरु फलको लिप्सा सहित कर्ममा प्रवृत्त हुन्छ्न् । उनिहरु परम स्वतन्त्रतामा रमाउँदछन् उनिहरुलाई राम्रो संग चिन्नेले कहिले गुनासो गदैनन् ।
‘परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ।
एक अर्काप्रति सदभावना राखेर अगाडि बढेमा मात्र श्रेय प्राप्ती हुन्छ। नेपालमा मात्र होइन अपितु समग्र विश्वमा धार्मिक भेदभाव होइन सद्भावको खाँचो छ। दशैं, तिहार,होली, इद, रमजान, क्रिसमस,ल्होसार आदि सबै पर्व सबैले संगै मनाए झन् कति राम्रो हुन्थ्यो होला।

समत्वं योग उच्यते। म सबै धर्मलाई समान सम्मान गर्छु। लगाउने हरुले के के अर्थ लगाउलान् म केवल उनिहरुतर्फ फर्केर मुस्कुराउनु बेस  हुन्छ । जसले जति बुझ्छ त्यति नै भन्छ ।
यो धर्म परिवर्तन होइन।
लाइलाहाइल्लल्लामोहम्मदुर्रसुलुल्ला।
इन्नद्दिनइन्दल्लाहिल् इस्लाम ।। 
नमाजका सुरहरुमा सामवेदका रिचाको सुगन्ध पाएँ ।
नमाज पढ्दा हातमा हेरेर पढ्ने गरेको देखेर 
कराग्रे वसते लक्ष्मीस् करमध्ये सरस्वती।
करमूलेस्थितो ब्रह्म प्रभाते करदर्शनम्।।
शास्त्रहरुमा उल्लिखित हातमा नै लक्ष्मी सरस्वती ब्रह्मा आदिको दर्शन गर्ने उपदेश सम्झिएँ । ढोग्ने तरिकालाई साष्टांग प्रणामको अंश बुझें ।
एक महिने पवित्र रमजान व्रतलाई आत्मनियन्त्रणको माध्यम बुझें। राति ३:३० बजे खाएपछि बेलुका चन्द्रमा उदय नहुन्जेल पानी पनि नपिउने गरेको सुन्दा बालक ध्रुवले गरेको कठोर तपस्यालाई सम्झिएँ भागवतमहापुराणका कथाहरु सम्झिएँ । सर्वत्र हिन्दू धर्म देखें त्यहाँ । हिन्दु र मुस्लिम धर्मको भिन्नता देखें मात्र हिंसा गर्ने तरिकामा। 
धर्म पछि हो मानव पहिला हुन सिक्नुपर्यो ।
ईद मुबारक ।
ईद मुबारक हो,ॐ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ