arrow

तानसेनमा बस दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
accident-final.jpeg

तानसेन । पाल्पाको तानसेन नगरपालिका १२ बौबा पोखरा थोकमा सोमबार राति सवा १० बजे लु १ ख ६११८ नम्बरको बस दुर्घटना हुंदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छिन् । 

दुर्घटनामा घाइते भएका दुवैलाई उपचारको लागी मिसन अस्पताल पाल्पामा पठाइएकोमा गोरखा नेवारका १८ वर्षिय पदम कुमार श्रेष्ठको मृत्यु भएको छ भने घाइते भएकी गुल्मी वामी टक्सारकी २६ वर्षिया हिमा काफ्लेको सोही अस्पतालमै उपचार भईरहेको छ । 

चालकलाई भने स्थानीय प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ