arrow

रामचन्द्र पौडेल भन्छन् – शास्वतधाम धार्मिक धरोहर बन्छ 

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
paudel-ramchandra-news.jpeg

नवलपरासी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चौधरी गु्रपले निर्माण गरेको धार्मिक शास्वतधाम नेपालको धार्मिक धरोहर रहेकोे दाबी गरेका छन् ।

चौधरी गु्रपले नवलपरासीको दुम्कौलीमा निर्माण गरेको शास्वतधामको सोमबार अवलोकनको क्रममा उनले यस्तो बताएका हुन् । 

शास्वतधामले समग्र नेपालको गौरव बढाएको दाबी गर्दै नेता पौडेलले यसको निर्माणले सनातन हिन्दूधर्मको रक्षा गर्ने समेत बताए । 

नेता पौडेलले भने “चौधरी गु्रपको अथक मेहनत र परिश्रमले गर्दा नेपालको पहिचान र गौरवलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सहज भएको छ, अब धार्मिक दृष्टिकोणका कारण पनि यो शास्वतधाम पनि नेपालको धार्मिक सम्पत्ति बन्नेछ ।” 

शास्वतधाम परिसरमा रहेको धार्मिक सङ्ग्रहालय तथा चौधरी उद्योग ग्रामभित्र रहेको इतिहास सङ्ग्रहालयको अवलोकन गर्दै नेता पौडेलले नयाँ पुस्ता र सन्ततिलाई यो सङ्ग्रहालय धेरै महत्वपूर्ण रहने बताए । 

नेपालको ऐतिहासिक वस्तु र अवस्थाको स्मरण दिलाउने सङ्ग्रहालयले शास्वतधामको महिमा थप हुँदै जानेसमेत उनले बताए । धार्मिक अध्ययन गर्नेका लागि शास्वतधाम एक प्रमुख धरोहरको रुपमा रहेको उनले बताए । 

विनोद चौधरीको मेहनतको प्रशंसा गर्दै नेता पौडेलले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा चौधरी उद्योग ग्रामले अतुलनीय सहयोग गरेको बताए । 

अन्तर्राष्ट्रिय स्तरमा नै चर्चा कमाउन सफल शास्वतधामको अवलोकन गर्न वरिष्ठ नेता पौडेलसहित १२ जनाको टोली चौधरी उद्योग ग्राममा आएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ