arrow

पहिरोले अवरुद्ध मुग्लिन सडक खुल्यो, तीन प्रहरीको मृत्यु, एक अझै बेपत्ता 

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
Mugling-Narayanghat.jpeg

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिक साढे दुईकिलो भन्ने स्थानमा पहिरो गएपछि मंगलबार बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको सडक केही समय अगाडि खुलेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार गत शुक्रबार बिहान पहिरो खसेको ठाउँमा पुनः पहिरो गएको थियो । 

उक्त ठाउँमा गत शुक्रबार बिहान १ः०५ बजेको समयमा पहिरो खसेर प्रहरीको भ्यानसहित चार प्रहरीलाई पुरेको थियो । तीन प्रहरीको मृत्यु भएको छ भने एक अझै बेपत्ता छन् । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सिमसिम पानी परेको तर पहिरो ठूलो नभएकाले तुरुन्तै खोल्न सकिएको हो । 

सो सडकको अवस्थाको बारेमा आजै संसदीय विकास समितिले अनुगमन समेत गर्ने भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ