arrow

मौन अवधिमा एमालेले मोबाइल बाँड्यो, अन्यदलको विरोध 

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
cpnuml-530x304.jpg.jpeg

नेपालगञ्ज ।  बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा मतदातालाइ आफ्नो पक्षमा पार्न नेकपा एमालेले मोबाईल बाडेको पछि अन्यदलले त्यसको विरोध गरेका छन् । कोहलपुर नगरपालिकाका वडा नम्बर २ बर्दहवाबमा सबैभन्दा बढी मतदाता रहेको बर्दहवामा थारु समुदायको बाहुल्यता रहेको गाउँमा मतदाताकै घरमा गइ मोबाइल वितरण गरेको प्रमाण फेला परेको हो । 

सोमबार दिउँसो मौन अवधीमा प्रचार प्रसार गर्न नपाइने भए पनि नेकपा एमालेका नेता कार्यकर्ता कारमा घरैमा गर्इ सूर्यमा भोट हाल्न सिकाएको वडा नम्बर २ बर्दहवाका गोले थारुले बताए । कारमा घरै आएर यो मतपत्रमा यसरी भोट हाल्न सिकाए मतपत्र देखाउँदै थारुले भने घरमा एमालेको झण्डा समेत एमालेले गाडेको बताए ।

हेर्नुहोस् भिडियो
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ