arrow

मौन अवधिमा पैसा बाँड्ने एमाले उम्मेदवारलाई काँग्रेस कार्यकर्ताले रङगेहात समाते

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
paisa_badhni_uml.jpg

काठमाडौं । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौन अवधिको समयमा निर्वाचन आचारसंहित विपरित  मतदातालाई पैसा बाँड्दै गर्दा  एमाले उम्मेदवार रंगेहात पक्राउ परेका छन् । तर पक्राउ भने प्रहरीले गरेको नभइ स्थानीय काँग्रेस कार्यकर्ताले गरेका हुन् । 

निर्वाचन आयोगले आइतबार रातीदेखिलार्इ मौन अवधिको समय तोकेको भएपनि एमाले केन्द्रले कहिले पत्रकार सम्मेलन गर्ने लगायतका आचारस‌ंहिता उल्ल‌ंघनका कामहरु गरिरहेको छ भने स्थानीय एमाले नेताहरु पैसा बाँड्नमै व्यस्त छन् । 

मौन अबधिको समयमा नेकपा एमालेका भोजपुर नगरपालिका बडा नम्वर १०का वडाध्यक्षका जितबहादुर राईलाई भैंसिपङ्खाको असिनेमा  मतदातालाई पैसा बाडिरहेको अवस्थामा कांग्रेस कार्यकर्ताले फेला परेका हुन् । 

सोमबार राति ११ बजे  मतदातालाई विभिन्न आश्वासन र प्रलोभन देखाउँदै सामान बाँडिरहेको अवस्थामा फेला पारिएको कांग्रेस भोजपुरका सचिव चक्र कार्कीले जानकारी दिए ।राईको साथबाट मतदातालाई बाड्न तयार पारीएको ३५ हजार, ४ हजारको  रिचार्ज कार्ड घोषणापत्र, पर्चा ह्विस्कीका बोतलसहित फेला पारिएको कांग्रेस उम्मेदवार सुवीन्द्र राईले जानकारी दिए ।

भोजपुर नगरपालिकामा गाभिएका आठ गाविसमध्ये साविकको भैंसिपंखा गाविस (भोनपा १०) कांग्रेसको गढ मानिन्छ । कांग्रेसको माहोल देखेपछि आत्तिएर एमालेले पैसा बाडेको कांग्रेसको आरोप छ।  निर्वाचन आचारसंहिताविपरीत एमालेले पैसा बाँडेको भन्दै कांग्रेसले  निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ ।रंगेहात फेला पारेपछि एमाले उम्मेदवार राईका छोरा राजन राईले कांग्रेस महिला सदस्यकी उम्मेदवार रामकुमारी प्रधानलाई ज्यान मार्ने धम्की दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ