arrow

पैसा बाँड्दै गर्दा रंगेहात फेला परेका एमाले उम्मेदवारले दिए ज्यान मार्ने धम्की 

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
uml-bhojpur-paisa.jpg

काठमाडौं । भोलि हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गर्दा एमाले उम्मेदवार रंगेहात फेला परेका छन् । 

भोजपुर नगरपालिका १० मा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेद्वार जितबहादुर राई मौन अवधिमा मतदातालाई पैसा बाडिरहेको अवस्थामा फेला परेका हुन् । वडा नम्बर १० स्थित भैंसिपंखाको असिनेमा उनलाई पैसा बाँडिरहेको अवस्थमा कांग्रेस कार्यकर्ताले सोमबार राती ११ बजे रंगेहात फेला पारेका हुन् ।   

राई सहितको टोलीले मतदातालाई विभिन्न आवश्वसन र प्रलोभन देखाउँदै विभिन्न सामान बाँडिरहेको अवस्थामा फेला पारिएको कांग्रेस भोजपुरका सचिव चक्र कार्कीले जानकारी दिए । उम्मेदवार राई सहितको टोलीलाई ३५ हजार नगद, करिब ४ हजारको रिचार्ज कार्ड पार्टीको घोषणपत्र, पर्चा ह्विस्कीका बोतल सहित फेला पारिएको कांग्रेस उम्मेदवार सुविन्द्र राईले बताए  । भोजपुर नगरपालिकामा गाभिएका ८ गाविस मध्ये साविकको भैंसिपंखा गाविस (भोनपा १०) कांग्रेसको गढ मानिन्छ । 

‘कांग्रेसको माहोल देखेपछि आत्तिएर एमालेले पैसा बड्यो,’ सचिव कार्कीले मिडिया एनपीसँग भने, ‘अहिलेसम्म एमालेले यो वडामा २ लाख बढी बाँडिसकेको छ । यसरी बाँड्दै हिड्ने क्रममा हाम्रा कार्यकर्ताले फेला पारे ।’ उनले निर्वाचन आचारसंहिता विपरित एमालेले पैसा बाँडेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।  नियन्त्रणमा लिईएका सामाग्री कांग्रेस कार्यकर्ताले प्रमाणका लागी जिल्ला निर्वाचन कार्यालय ल्याएका छन् । 

वडाअध्यक्षका उम्मेदवारले पैसा बाँडेको विषयमा एमाले सचिव शरणकुमार राईले भने ढाकछोप गरे। ‘म अहिले गाँउ आएको छु । यो विषयमा केही जानकारी छैन,’ उनले भने । 

ऐन कानुन के भन्छ ? 
निर्वाचन आचारसंहिताका अनुसार मतदातालाई प्रलोभनमा पार्ने कुनैपनि कार्य गर्न नपाईदैन । कसैले मतदातालाई प्रलोभन देखाएर मत मागेमा त्यो आचारसंहिता विपरित हुन्छ । यो सँगै ११ गते राति १२ बजे देखि नै मौन अवधि शुरु भइसकेको छ । स्थानिय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६९ मा मौन अवधिमा मत माग्न निषेध गरिएको छ । दफा ६९ को (१) मा मौन अवधि शुरु भएपछि मतदानको काम पुरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्धेश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार दिन हुँदैन भन्ने उल्लेख । यदी मौन अवधिको पालना नगरि आचारसंहिता विपरित कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन २०७३ अनुसार हदैसम्मको कारबाही गर्ने व्यवस्था छ । 

यस्तै  निर्वाचन कसुर तथा सजाय ऐनको दफा २० को उपदफा १ (च) मा उम्मेदवारले कुनै किसिमको लोभलालच देखाउन वा आर्थिक प्रलोभनमा पार्न नहुने उल्लेख छ । यदी त्यसविपरितको कार्य गरे १ लाख रुपैंया जरिवाना दुई बर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । यद्यपी जिल्ला निर्वाचन अधिकारी केवल प्रसाद रेग्मीले यस विषयमा लिखित वा मौखिक उजुरी आए उम्मेदवारी खारेज गर्ने बताए । 

कांग्रेस उम्मेदवारलाई ज्यान मार्ने धम्कि 
रंगेहात फेला पारेपछि एमाले उम्मेदवार राईका छोरा राजन राईले कांग्रेस महिला सदस्यकी उम्मेदवार रामकुमारी प्रधानलाई ज्यान मार्ने धम्की दिएका छन् । ज्यान मार्ने धम्कि दिएपछि प्रधानले राई विरुद्ध प्रहरीमा उजुरी दिने तयारी समेत गरेकी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ