arrow

असद सिरियामा घातक हमलाको तयारीमाः अमेरिका

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
bomb.jpeg

वासिङटन । सिरियाली राष्ट्रपति बसर अल असद सिरियामा घातक रासायनिक हमलाको तयारीमा रहेको संयुक्त राज्य अमेरिकाले जनाएको छ । 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सिरियाले यस्तो घातक हमलाको तयारी गरिरहेको सूचना अमेरिकाले प्राप्त गरेको जानकारी दिएको हो । ह्वाइट हाउसले जनाए अनुसार सिरियाली राष्ट्रपति असदले गत वर्ष पनि यस्तै हमला गरेका थिए र अहिले पनि उनले त्यो घातक हमलाको लागि भित्रभित्रै तयारी गरिरहेको जसबाट कैयौँ सर्वसाधारणको ज्यान जाने देखिएको छ । 

ह्वाइटहाउसले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा यदि त्यस्तो भयो भने यसबाट सिरियालाई ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने चेतावानी दिइएको छ । ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले विज्ञप्ति प्रकाशन गरी भनाएका  छन् असदले अर्काो शक्तिशाली रासायनिक हतियार आक्रमणको योजना बनाएको छ र यसबाट आम नरहसंहार हुने देखिएको छ । 

यदि त्यसो भयोभने सिरियाले महङ्गो मूल्य चुकाउनुपर्ने हुनसक्छ उनले सो विज्ञप्तिमा भनेका छन् । यसअघि पनि सिरियाले गरेको यस्तै आक्रमणमा बालबालिका, महिला लगायत निर्दाोष नागरिकको ज्यान गएको थियो । सिरियामा सन् २०११ देखि अर्थात विगत छ वर्षभन्दा लामो समयदेखि हिंसा मच्चिएको छ । सो हिंसामा परी तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ । 

सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजिनामाको मागगर्दै सुरु भएको प्रजातान्त्रिक आन्दोलनले पछि हिंसात्मक रुप लिएको थियो । हाल त्यहाँ गृहयुद्ध नै चलिरहेको छ र दिनहूँजसो नागरिकको ज्यान जाने गरेको छ ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ