arrow

जंगली च्याउ सेवन गर्दा बालकको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार १३ मंगलबार
panchthar-district.png

पाँचथर । जंगली च्याऊ सेवन गर्दा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ७ लुम्बाफे बस्ने एक बालकको मृत्यु भएको छ । १० वर्षीय स्थानिय चन्द्र बहादुर माखिमका नाती  संगम माखिमको मंगलबार विहान निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

उनको उपचारका क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै, जंगली च्याऊ सेवन गरेकी उनकी नातिनी ७ वर्षीया सपना माखीमको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ