arrow

नगरपालिकामा नौ शाखा ३८ उपशाखा हुने 

logo
प्रकाशित २०७४ असार १४ बुधबार
sanghiya-mamila-sthaniya-local-development-.jpeg

 काठमाडौं । देशभरका नगरपालिकामा एउटै स्वरूप र ढाँचा भए काममा एकरुपता आउने भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ९ शाखा र ती शाखाअन्तर्गत ३८ उपशाखा वा इकाइ निर्धारण गर्ने कानुनको मस्यौदा तयार पारेको छ । 

तर, नगर कार्यपालिकाले आफ्नो राजस्व क्षमता, खर्चको आवश्यकता, सेवा उपलब्ध गराउनुपर्ने जनसंख्या तथा विकासका मुख्य प्राथमिकताअनुरूप संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा विषयगत शाखा तथा कार्यालय, उपशाखा वा इकाइ निर्धारण गर्न पाउने भएका छन् ।

नगरपालिकाले जनशक्तिको उपलब्धता तथा प्रशासनिक खर्चलाई ध्यान दिई एउटा विषयगत शाखा अन्तर्गतको कुनै कार्यालय, उपशाखा वा इकाइले मिल्दो अन्य विषय क्षेत्रको कार्यसमेत सम्पादन गर्न सक्नेछ । यो नियमावली संविधानको धारा २१८ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले बनाएको हो ।

नियमावलीमा नगरपालिकामा सामान्य प्रशासन शाखा, राजस्व तथा आर्थिक प्रशासन शाखा, सहरी पूर्वाधार विकास शाखा, आर्थिक विकास शाखा, सामाजिक विकास शाखा, वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन शाखा, भूमि व्यवस्थापन तथा भवन नियमन शाखा, न्याय, कानुन तथा मानवअधिकार प्रवद्र्धन शाखा र योजना, अनुगमन तथा तथ्यांक शाखा तोकिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

सामान्य प्रशासन शाखामा स्थानीय सेवा तथा जनशक्ति विकास उपशाखा, सार्वजनिक खरिद तथा सम्पत्ति व्यवस्थापन उपशाखा, स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय उपशाखा, बैठक व्यवस्थापन उपशाखा, बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण उपशाखा, आन्तरिक लेखापरीक्षण शाखा र बिदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधि तथा विभूषण इकाइ गरी सातवटा उपशाखा र इकाइ छन् ।

राजस्व तथा आर्थिक प्रशासन शाखामा भने राजस्व नीति तथा प्रशासन उपशाखा र आर्थिक प्रशासन उपशाखा मात्र हुनेछन् । सहरी पूर्वाधार विकास शाखामा सडक तथा यातायात व्यवस्था उपशाखा, जलविद्युत्, ऊर्जा, सडक बत्ती उपशाखा, सिँचाइ तथा जलउत्पन्न प्रकोप नियन्त्रण उपशाखा र सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफएम सञ्चालन उपशाखा गरी चार उपशाखा छन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ