arrow

दोस्रो चरणको निर्वाचनको मतदान सुरु हुँदै, प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा वर्षा

logo
प्रकाशित २०७४ असार १४ बुधबार
raining.jpeg

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत बुधबार मतदान हुँदै गरेको प्रदेश नम्बर १, ५ र ७ का धेरै ठाउँमा बुधबार बिहानदेखि वर्षा भइरहेको छ ।

१ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम अझ बढिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । 

मौसम पूर्वानुमान महाशाखा पनि चुनावलाई मध्यनजर गर्दै बिहानैदेखि खटिएको छ । पोखरेलका अनुसार प्रदेश नम्बर १ का अधिकांश जिल्लामा वर्षा भइरहेको छ ।

ताप्जेजुङ र संखुवासभामा खासै वर्षा भएको छैन । प्रदेश नम्बर ५ मा पनि भारी वर्षा भएको छ । बाँके र बर्दियामा भने वर्षा भइरहेको छैन । त्यस्तै प्रदेश नम्बर ७ मा पनि वर्षा भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाले दिउँसो केही मौसम खुल्नसक्ने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ