arrow

दोलखामा पहिरोले घर बगाउँदा ४ जनाको ज्यान गयो, दर्जनबढी घर जोखिममा 

logo
प्रकाशित २०७४ असार १४ बुधबार
pahiro-1.jpg.jpeg

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका ३ कुटकुटे भन्ने ठाउँमा पहिरोमा परी ४ जनाको ज्यान गएको छ । वर्षका कारण २ घर पुरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । 

अहिले पहिरोले बगाएको घर भन्दा माथिका दर्जन भन्दा बढी घरलाई जोखिमयुक्त पहिचान गरी उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने अन्य मानवीय क्षतिको सम्भावना रोकिएको छ । प्रहरी त्यहाँ पुगिसकेको छ भने उनीहरुलाई तत्काल राहतको लागि पहल गरिएको डिएसपी कार्कीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ