arrow

गाउँको सरकार गाउँकै जनताबाट –प्रधानमन्त्री देउवा 

बुधबार धनगढीमा, बिहीबार काठमाडौं फर्किने 

logo
प्रकाशित २०७४ असार १४ बुधबार
deuba2.jpg

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् । बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गरेका हुन् । प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गरिन् ।  

मतदानपछि प्रधानमन्त्री देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिंदै गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताए । 

स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री देउवाले मतदान गरेको असिग्राम उच्च माविको मतदान केन्द्र सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ । उनले स्थानीय बासिन्दासँग कुरा गर्दै मतदाता नामावली यहीँ भएकाले भोट हाल्न आएको बताए । 

“निर्वाचनलाई उत्सवका रुपमा लिनुपर्छ, त्यसैले मतदानमा सबैजना सहभागी हुनुपर्छ,” प्रधानमन्त्री देउवाले मतदान गरेर फर्कने क्रममा भने । 

प्रधानमन्त्री देउवाले असिग्राम उच्च माविबाटै कक्षा ५ सम्म अध्ययन गरेका थिए । उनकै पहलमा पछि यहाँ माध्यमिक तह स्थापना भएको हो । प्रधानमन्त्री देउवा कैलालीको धनगढी फर्किएका छन् । 

उनी बिहीबार मात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ