arrow

रोल्पामा मतदाताले नै छ्यापे मतपत्रमा एसिड, मतदान स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७४ असार १४ बुधबार
rolpa-district.png

रोल्पा । रोल्पा नगरपालिका–१० को भनभने मतदान केन्द्रमा एक मतदाताले मत पेटिकामा एसिड हालेर मतपत्र जलाइदिएका छन् । मत खसाल्न आएका मतदाताले नै मतपेटिकामा एसिड हालेर मतपत्र जलाइलिएका हुन् । 

एक सय ३० मत खसिसकेको अवस्थामा मतत्रसँगै एसिड हाल्दा मतपत्र प्वाल परेका प्रहरीले जनाएको छ । पहिचान हुुन नसकेका मतदाताले मतदाता परिचयपत्रमा एसिड राखेर मतपत्रसँगै बाकसमा खसालेको बताइएको छ । मतपेटिकामा एसिड हालिएपछि केही समयका लागि मतदान पक्रिया रोकिएको छ । मतपत्रमा एसिड हाल्ने मतदाताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ