arrow

चुनावकै दिन एमालेका मेयर दावेदार उपेन्द्र यादवको पार्टीमा

logo
प्रकाशित २०७४ असार १४ बुधबार
samajbadi.JPG

पर्सा । चुनावकै दिन एमालेका एक प्रभावशाली नेता संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिकाको मेयरको मुख्य दावेदार सुन्दर कुर्मीले चुनावकै दिन एमाले परित्यागको घोषणा गरेका हुन् ।
औपचारिक रुपमा टिका नलगाएपनि समाजवादीमा प्रवेश गर्ने घोषणा समेत गरेका हुन् । एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट दिने सर्तमा नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीलाई पार्टीमा भित्र्याए पछि कुर्मी चिडिएका हुन् ।

जिल्ला कार्यसमितिले मेयरमा कुर्मीसँगै तीन जनाको नाम नाम सिफारिस गरेको छ । पर्सामा असोज २ गते मात्रै निर्वाचन हुनेछ । वीरगञ्ज स्थानीय तहको निर्वाचन हुने अन्तिम महानगर हुनेछ । कुर्मीले एमाले पार्टी र पार्टी कार्यकर्ता मधेस र मधेसीप्रति इमान्दार रहेपनि नेतृत्व वर्गमा इमान्दारिता नदेखिएको टिप्पणी गरेका छन् । ।
उनले, ‘पार्टीमा योगदान भएकाहरुको रायलाई नजरअन्दाज गर्दे वीरगञ्जमा पैसा लिएर मेयरको टिकट दिने काम भयो । जसले एमालेबाट हाम्रो मोह भंग भएको छ’, भनेका छन् ।

संघीय समाजवादीका नेताले कुर्मी औपचारिक रुपमा पार्टीमा आइनसकेको र पार्टी प्रवेश गर्ने घोषणा मात्रै गरेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ