arrow

रोल्पामा मतपेटिकाभित्र डढेका मतपत्रले रोकिएन मतदान, यस्तो भो सर्वदलीय सहमति

मतपेटिकाबाट धुँवा आयो, स्केलले घोचेर निभाईयाे

logo
प्रकाशित २०७४ असार १४ बुधबार
rolpa-district1.png

काठमाडौं । मतपेटिकामा केमिकल ‘धूलो’ हालिएपछि रोल्पा नगरपालिका–१० भनभने मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ । सर्वदलीय बैठकले मतदान जारी राख्ने सहमति गरेपछि मतदान पुनः सुरु भएको हो ।

सर्वदलीय बैठकमा चिन्ह संकेत गरेको गाउँमा जलेर नचिनिने अवस्थाको मतपत्र बदर मान्ने र चिनिने अवस्थामा गणना गर्ने सहमति भएपछि मतदान पुनः सुरु भएको बताइएकाे छ ।

भनभने मतदान केन्द्रको बुथ ‘ख’ को मतपेटिकाभित्र एक मतदाताले केमिकलको धूलो हालेर भागेका थिए । एक सय ३० मत खसिसकेको अवस्थामा एक मतदाताले धूलो हालेपछि धुँवा आएको थियो । धुँवा आउने वित्तिकै स्केल घुसारेर घोच्दा धुँवा आउन बन्द भएको जिल्ला निर्वाचन अधिकारी निलु अधिकारीले बताए ।
उनले भने, ‘सर्बदलीय बैठकले कुनै मतपत्र पूर्ण रुपमा नष्ट नभएकाले पुनः मतदान गर्नु नपर्ने भएकाले नचिनिने मत मात्रै गणना नगर्ने सहमति गरेको छ ।’ कुनै मतपत्र नष्ट भएका छैनन् ।   

मतपेटिकामा केमिकल हाल्ने व्यक्तिको पहिचान भइसकेको रहे छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ ।
यस्तै, मतपेटिकाभित्र एसिड हालेको वा अरु कुनै केमिकल भन्ने अनुसन्धानको विषय भएको बताइएको छ । मत पेटिकाको शील नखोलिएकाले कति मतपत्र जले भनेर यकिन भएको छैन । रोल्पाका अधिकांश ठाउँमा लगभग मतदान सकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ