arrow

मदन भण्डारीकी छोरीले भनिन्– मेरो पिताका हत्यारा चाँडो पत्ता लगाइयोस्

रक्तदान गरेर सम्झना

logo
प्रकाशित २०७४ असार १४ बुधबार
usha-kiran.jpg

काठमाडौं । तत्कालीन एमाले महासचिव एवं जननेता मदन भण्डारीकी छोरी डा.उषाकिरणले सरकारसँग आफ्नो पिताका हत्यारा पत्ता लगाउन माग गरेकी छन् ।

वुधबार काठमाडौँमा दिवंगत नेता भण्डारीको ६६औ जन्मजयन्तीको अवसारमा आयोजित कार्यक्रममा बोल्दै छोरी उषाकिरणले चाँडो भन्दा चाँडो आफ्नो पिताका  हत्यारा पत्ता लगाउन सरकारसँग माग गरेकी हुन् ।
नेता भण्डारीको २०५० मा चितवनको दासढुङ्गामा दुर्घटनामा मृत्यु भएको थियो ।

दुर्घटना नियोजित भनिएपनि अहिलेसम्म घटनाबारे थप विवरण खुलेको छैन । भण्डारी चढेको गाडीका चालकको केही वर्षपछि हत्या भएपछि घटना झन् रहस्यमय भएको छ । भण्डारीले नै संगठित गरेको एमाले पार्टीबाट थुप्रै नेता प्रधानमन्त्री भएपनि घटनाबारे कुनै छानविन गर्न सकेनन् । भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी नै अहिले राष्ट्रप्रमुख अर्थात् राष्ट्रपति छिन् ।

रक्तदान गरेर सम्झना  
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ६६औँ जन्मजयन्तीका उपलक्ष्यमा वुधबार आयोजित रक्तदान कार्यक्रम भएको छ । त्यसक्रममा ५३ पिन्ट रगत सङ्कलन भएको छ ।

मदन भण्डारी स्पोर्ट एकेडेमीले आयोजना गरेको कार्यक्रममा एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले रक्तदानको शुभारम्भ गर्दै जनताको बहुदलीय जनवादका संरक्षक भण्डारीले नेपालको राजनीतिक विकासमा ठूलो योगदान सम्झना गरे ।

एकेडेमीले कराँते समेत आयोजना गरेको छ । २००९ असार १४ गते ताप्लेजुङमा जन्मेका भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा दुर्घटनामा निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ