arrow

विराटनगर महानगरमा बिहीबारदेखि मात्रै मतगणना सुरु हुने

logo
प्रकाशित २०७४ असार १४ बुधबार
biratnagar-mahanagarpalika-metro.png

विराटनगर । विराटनगरमा महानगरमा भोलि मात्रै मतगणना सुरु हुने भएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एक मात्रै महानगरपालिकाको रुपमा रहेको विराटनगरमा राती ८ बजेसम्म मतदान नै सम्पन्न नहुने देखिएपछि मत गणना बुधबार नहुने निश्चितप्रायः रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भक्त बहादुर भट्टराईले जानकारी दिए । 

कूल १ सय १९ वटा मतदान केन्द्र रहेको सो महानगरमा सबै केन्द्रबाट मतपेटिका ल्याएपछि सर्वदलीय बैठक बसेर मात्रै मत गणना सुरु गर्नुपर्ने भएकोले यो बुधबार सम्भव नहुने उनले जानकारी दिए । मुख्य निर्वाचन अधिकारीसँगको भेटमा पनि उनले सोही कुरा बताएको भट्टराईले जानकारी दिए । गर्मीको समय रहेकोले दिउँसो धेरै मान्छे मतदान गर्न नआएको र साँझ परेपछि मात्रै मतदान गर्नेको लाईन बढेकोले साँझ ५ बजेसम्म लाईनमा बसेकाहरुलाई मतदान गर्न दिने तयारी भईरहेको छ । 

यद्यपि मोरङका अन्य स्थानीय तहहरुमा भने अधिकांशमा रातीदेखि नै मतगणना सुरु गर्ने तयारी भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ