arrow

दोस्रो चरणको मतदान सकिएपछि प्रधानमन्त्री देउवा मख्ख

२ नम्बर प्रदेशको निर्वाचनमा राजपा आउँछ, चुनाव समयमै हुन्छ

logo
प्रकाशित २०७४ असार १४ बुधबार
deuba21.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

आफ्नो गृह क्षेत्र पुगेका प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै अव संविधानको पूर्ण कार्यान्वयनको बाटो फराकिलो भएको बताए । वुधबार विहान गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका प्रधानमन्त्री देउवाले धनगढी पुगेर निर्वाचन शान्तिपूर्ण भएको भन्दै खुशी व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले असोज २ का लागि तोकिएको प्रदेश २ को निर्वाचन समेत समयमै हुने बताए । उनले भने, ‘असन्तुष्ट राजपाको माग सम्बोधन गर्ने र संविधान संशोधनमा विपक्षीलाई मनाउन मेरो विशेष पहल रहने छ । मलाई विश्वास छ २ नम्बर प्रदेशको निर्वाचन राजपाकै सहभागितामा हुन्छ ।’ यस्तै, देउवाले राजपालाई मनाउन स्थानीय तहको संख्या बढाउन खोजिएपनि सर्वोच्चले रोकेको भन्दै यस विषयमा तत्काल केही भन्न नमिल्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘उहाँहरुको मूख्य माग संविधान संशोधन हो । विपक्षी एमालेले पनि दोस्रो चरणको चुनाव पछि छलफल गर्न सकिने कुरा गरेको छ । विपक्षीलाई मनाएर हामी राजपालाई चुनावमा ल्याउँछौँ ।’ देउवाले ७ नम्बर प्रदेशको विकासका लागि अहम भूमिका निर्वाह गर्ने समेत बताए ।

गृहजिल्लामा मतदानपछि प्रधानमन्त्री देउवाले गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भएको बताएका थिए । धनगढी पुगेका देउवा विहिबार मात्रै काठमाडौं फर्किने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ