arrow

एमालेले दियो मतदातालाई धन्यवाद, सरकारलाई गाली गरेरै स्यावासी

केही केन्द्रमा पुनः मतदान गराउन माग

logo
प्रकाशित २०७४ असार १४ बुधबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरु, उम्मेदवारहरु, राजनीतिक कार्यकर्ताहरु र मतदातालाई धन्यवाद दिएको छ ।

पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गरेर निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकहरुरुलाई धन्यवाद दिएका हुन् ।’ एमालेले सरकारलाई भने घुमाउरो पाराले स्यावासी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको सबभन्दा महत्वपूर्ण उत्सवका रुपमा रहेको आवधिक निर्वाचन कुनै पनि मुलुकको राजनीतिक स्थिरता र आर्थिक विकासको पूर्वशर्त हो । अझ स्थानीय तहमा सरकार निर्माण गर्ने यस निर्वाचनले जनताका दैनिन्दिनका समस्या समाधान गर्ने र उनीहरुलाई घरदैलोमा सरकारको अनुभूति दिलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

डेढ दशकदेखि अवरुद्ध भइरहेको यस प्रक्रियाको नियमितताले जनतालाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने र त्यसमार्फत आफ्ना प्रतिनिधि आफैँ छान्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ ।’ यस निर्वाचनको सफलताले संविधानसभाबाट जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधान कार्यान्वयनमा ठोस योगदान पुगेको विश्वास पार्टीले लिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ,  ‘सत्तारुढ गठबन्धनले प्रदेश नम्बर दुईका जनतालाई यस प्रक्रियाबाट अलग गर्ने जुन हर्कत गरेको छ, यसबाट उनीहरुको लोकतान्त्रिक अधिकार मात्र खोसिएको छैन, संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियामा नै गम्भीर आघात पुर्‍याएको छ ।’

वुधबारको निर्वाचनमा सत्तारुढ पार्टीद्वारा गरिएको सत्ताको दुरुपयोगप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ । अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको छ, विज्ञप्तिमा भनिएको छ, ‘अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको छ भने डोटीको केआई सिंह नगरपालिकामा पनि त्यस्तै गरिएको छ ।

अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा व्यापक धाँधली गरिएको छ ।’ पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा त्यही रबैया देखिनुले हामीलाई चिन्तित बनाएको छ । यसको घोर भत्सर्ना गर्दै हाम्रो पार्टी त्यसरी सत्ता–संरक्षित धाँधली भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराउन माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ