arrow

बम भुँइमा नखस्दै टिपेर फाल्ने रानालाई गृहमन्त्री शर्माको फोन, पुरस्कृत गर्ने घोषणा

गुमनाम पात्र रानालाई बधाईको बाढी

logo
प्रकाशित २०७४ असार १४ बुधबार
janardan_sharma1.JPG

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–८ को अम्बास मतदान केन्द्रलाई लक्षित गरी प्रहार गरिएको बम टिपेर फाल्ने हवल्दार दुर्गाबहादुर रानालाई गृहमन्त्री जनार्दन शर्माले धन्यवाद दिएका छन् ।
मन्त्री शर्माले निजी सचिवालय मार्फत टेलिफोन गर्न लगाएर धन्यवाद दिई रानालाई पुरस्कृत गर्ने प्रतिवद्धता गरेका छन् ।

मन्त्री शर्माका सहयोगिले हाम्राकुरासँग भने, ‘गृहमन्त्री ज्यूले उचित पुरस्कार दिने भन्नु भएको छ । यद्यपि, बढुवा दिने वा के गर्ने भन्ने विषय हामीलाई भन्नु भएको छैन ।’ अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम प्रहरी हवल्दार रानाले भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएका थिए ।

उनले समातेर फालको दुई सेकेण्डमै बम पड्किएको थियो । मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति नभएको बताइएको छ । रानालाई पूर्व प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाहले समेत बधाई दिएका छन् । शाहले रानाको साहसलाई स्यालुट गर्छु’ भनेका छन् ।

राना चुनावमा थप मद्दतका लागि काठमाडौंको पहरागणबाट सात दिन अगाडि मात्रै तुल्सीपुर पुगेका थिए । राना जहाँ थप सहयोगका लागि पुगे त्यो संगठन प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याललको गृह जिल्ला हो । दाङको तुल्सीपुरस्थित अम्वास मतदान केन्द्रमा भएको घटनाले राना चर्चाको शिखरमा छन् । उनलाई सामाजिक सञ्जालदेखि आम सञ्चारमाध्यममा छाएका छन् । उनलाई बधाईको बाढी नै आएको छ ।

को हुन् भुँइमा बम खस्न नदिने राना ?
सल्यान घर भएका राना २०६० पुस नौ गते प्रहरी जवानमा भर्ना भए । प्रहरीमा प्रवेश गरेको १३ वर्षपछि हवल्दारमा बढुवा भएपछि रानाको बढुवा भएको छैन । प्रहरी संगठनमा प्रवेश गरेसँगै उनको पहरा गणमै दरबन्दी कायम रहयो ।

राना गुमनाम पात्र हुन् । उनले न आजसम्म कुनै नसियत पाएका छन् न पुरस्कार । भीड नियन्त्रण र आधारभूत तालिम लिएका रानाले हालसम्म २०६० पछिका काठमाडौंका ठूला राजनीतिक आन्दोलनमा ड्युटी गर्दै आएका छन् ।रानाले प्रवेशिका परीक्षा एसएलसीसम्मको अध्ययन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ