arrow

प्रतापपुरमा ८०० मत गन्दा फोरम लोकतान्त्रिक भारी मतले अगाडि 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
pratappur_gaupalika_map.png

काठमाडौं । नवलपरासीको प्रतापपुर गाउँपलिकामा फोरम लोकतान्त्रिकले भारी मतले अग्रता हाँसिल गरेको छ । बुधबार तीनवटा प्रदेशमा सम्पन्न भएको निर्वाचनमा सो गाउँपालिकाको पहिलो ८०० मत गन्दा फोरम लोकतान्त्रिकको नमस्कार चिह्न १ सय १४ मतले अगाडि रहेको गाउँपालिकाका प्रमुख निर्वाचन अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए । 

उनका अनुसार प्रमुख पदमा फोरम लोकतान्त्रिकको १ सय १४ मत आउँदा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारको जम्मा ५३ मत आएको छ । त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवारको जम्मा ३० मत आएको छ । माओवादी केन्द्रको ३१ र राप्रपाको २२ मत आएको छ । 

त्यस्तै, उपप्रमुखमा भने नेपाली काँग्रेसका उम्मेदवार भारी मतले अगाडि छन् । नेपाली काँग्रेसका उम्मेदवारले उपप्रमुखमा १ सय ५३ मत ल्याउँदा फोरम लोकतान्त्रिकले जम्मा ८७ मत ल्याएको छ । त्यस्तै, एमालेका उम्मेदवारको ५३, माओवादीका उम्मेदवारको २२ र हातले समातेको मसालको १ मत आएको ढुंगानाले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ