arrow

पाँचथरको तुम्मेवामा प्रमुखतर्फ काँग्रेस, उपप्रमुखमा एमाले अगाडि 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
tumbabe_gaupalika_map.png

काठमाडौं । पाँचथरको तुम्बेववमा काँग्रेसका उम्मेदवारले अग्रता हाँसिल गरेका छन् । बुधबार सम्पन्न मतदान पछिको मतगणनामा काँग्रेसका उम्मेदवारले निकटतमप्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पछि पारेका हुन् । त्यहाँको कूल १ सय ५४ मत गन्दा अध्यक्षमा काँग्रेसका उम्मेदवारको ६४ मत आएको छ भने केन्द्रका उम्मेदवारले ४२ मत ल्याएका छन् ।  यहाँ क्यामेरा चुनाव चिह्न भइको स्वतन्त्र उम्मेदवारले ८ मत ल्याएको छ । 

त्यस्तै, उपाध्यक्षमा भने एमालेका उम्मेदवारको अग्रता रहेको छ । एमालेको उम्मेदवारको कूल ४६ मत आउँदा निकटतम राप्रपाको ४१ र मसालको २ मत आएको निर्वाचन अधिकारी गणेश तिमल्सिनाले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ