arrow

आठ घन्टा कुर्नेले पनि मतदान गर्न पाएनन्

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
bajhang_district_map.png

काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका–२ को पाण्डु मावि मतदान केन्द्रमा एकजना अशक्तको मत वारिसले हालिदिएपछि कांग्रेस र एमाले कार्यकर्ताबीच बिहानै झडप भयो ।

त्यसपछि पाँचसय भन्दा बढी मतदातालाई लाइनमै राखेर राजनीतिक सहमतिको प्रयास भयो ।

तर, आठ घन्टा चर्को घाममा लाइनमा लागेका मतदातालाई बेलुका साढे पाँच बजे मात्रै भनियो, ‘आज मतदान हुँदैन । घर जानुहोस् ।’

त्यसअघि दिनभर मतदाता बुधबार नै मतदान भइहाल्छ कि भनेर लाइनमै थिए । उभिएर थाकेका उनीहरु विद्यालयको धुलाम्मे खेल मैदानमा बसेका थिए । केही आमाहरु छाताको ओत दिएर बच्चालाई दूध चुसाइरहेका थिए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ