arrow

कञ्चनपुरको महाकालीमा काँग्रेसको अग्रता

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
Kanchanpur_District.png

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । वडा नम्बर १ मा जारी मतगणनाको पहिलो चरणको मतपरिणाममा दुई सय ५० मतगणना सकिँदा मेयरमा नेपाली काँग्रेसले एक सय ८, नेकपा एमालेले ५९, नेकपा माओवादी केन्द्रले १२ र राप्रपाले २४ मत पाएको छ । 

यस्तै उपमेयरमा एमालेले १०१, काँग्रेसले ६०, राप्रपाले २६ र माओवादी केन्द्रले १५ मत ल्याएको निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार वडा अध्यक्षमा काँग्रेसले ७७, एमालेले ४७, माओवादीले १९ र राप्रपाले ५५ मत प्राप्त गरेको छ । 

यस्तै पुनर्वास नगरपालिका वडा नम्बर १ मा ३०० मत गणना सकिदा एमालेले झिनो अग्रता लिएको छ । पुनर्वासमा एमालेले मेयर पदमा ८७, काँग्रेसले ८०, माओवादीले ८० मत पाएका छन् । उपमेयरमा काँग्रेसले ८२, एमालेले ८० र माओवादीले ६५ मत प्राप्त गरेको छ । 

वडानम्बर १ को वडाध्यक्ष पदमा एमालेले ९५, माओवादीले ७८ र काँग्रेसले ५३ मत ल्याएको छ । कुल मतदाता ३५ सय ६९ रहेको पुनर्वासमा २६ सय ९१ मत खसेको निर्वाचन अधिकृत रमेश गौतमले जानकारी दिएका छन् । कञ्चनपुरमा ७३ प्रतिशत मत खसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ