arrow

बझाङमा एमाले र माओवादी कार्यकर्ताको फाइट, मतगणना हुन सकेन

धारिलो हतियार प्रहार गर्ने ६ पक्राउ

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
bajhang_district_map.png

काठमाडौं । बझाङको छविसपाथिभेरा गाउँपालिका केन्द्रमा मतगणना सुरु गर्ने विषयमा भएको विवाद झडपमा परिणत भएपछि अझै मतगणना सुरु हुन सकेको छैन ।

१ नम्बर वडाबाट गर्ने कि ७ नम्बर वडाबाट मतदान सुरु गर्ने भन्ने विषयमा एमाले र माओवादी कार्यकर्ताबिच विवाद भएपछि झडप भएको हो । झडप हुँदा एमाले र माओवादी दुवैतिरका ४ जना घाइते भएका छन्, भने दुई म्यादी प्रहरी समेत घाइते भएका छन् । मतगणना अझै सुरु हुन सकेको छैन ।

सामान्य भनाभन भएकोमा पछि घरेलु हतियार सहित झडप भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लैजादै गर्दा फेरि आक्रमण भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले भने, ‘दुवै पक्षका भनेर उठाएर ल्याइएको हो । कुन पक्षका कति जना छन् । यकिन भएको छैन । ६ जना पक्राउ परेका छन् ।’ धारिलो हतियारबाट अनेरास्ववियुका सागर भट्ट र सुवास भट्ट सख्त घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ