arrow

बझाङ र अछाममा पुन: मतदान गराउन काँग्रेसको माग, एमालेले बुथ कब्जा गरेको अारोप

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
congress-office.jpg.gif

काठमाडौं । नेपाली काँग्रेसले बझाङ र अछाम जिल्लाका केही मतदान स्थलको मतदान पुनः गराउन माग गरेको छ । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ती जारी गरी बझाङको जयपृथ्वी नगरपालिका, अछामको चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिकाका केही वडाहरुमा पुन मतदान गर्न माग गरेका हुन् । 

उक्त विज्ञप्तीमा जयपृथ्वी नगरपालिकाको सुलिपिपलचौर उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र अनेरास्ववियुका कार्यकर्ताले नेपाली काँग्रेसका प्रतिनिधिहरुलाई मतखानस्थलमा बस्न नदिएको एकलौटी मतदान गरेकोले सो मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको जनाईएको छ ।

त्यस्तै, अछामको चौरपाटी गाउँपालिकाको वडा नं ४ स्थित बैद्यनाथ मावि मतदानकेन्द्रमा त झनै काँग्रेस र माओवादीका समेत कार्यकर्तालाई एमालेका कार्यकर्ताले निर्मम तरिकाले कुटेको र सबै काँग्रेस कार्यकर्ताहरुलाई मतदानकेन्द्रबाट निकाली बुथ कब्जा गर्दा पनि सुरक्षा निकाय मुकदर्शक बनेर बसेको र बुथ कब्जा भएकोले सो निर्वाचन क्षेत्रमा पनि पुन मतदान गर्न माग गरिएको छ । 

सोही हर्कत अछामको साँफेबगर नगरपालिकाको वडा नं ६ स्थित चन्द्रोदय मावि मतदानकेन्द्रमा पनि देखिएकोले यी स्थानहरुमा के भएको हो भन्ने विषयमा निष्पक्ष छानविन गरी पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गरेको छ । 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ